कारोबार


कपडा लोड भएको ट्रकमा आगो लाग्दा ३६ लाखको क्षति

कपडा लोड भएको ट्रकमा आगो लाग्दा ३६ लाखको क्षति

नेपालखबर
साउन २७, २०८२ मंगलबार १२:५९, झापा

झापामा कपडा लोड गरेको एउटा ट्रकमा आगो लाग्दा ३६ लाख रुपैयाँ भन्दा धेरैको क्षति भएको छ।

गएराति दमक नगरपालिका ३ बेलडाँगी बस्ने महेन्द्र तामाङले आफ्नै घर अगाडी सडक छेउमा पार्किङ गरी राखेको रेडिमेट कपडा लोड भएको ना.७ ख ८६९१ नम्बरको मिनी ट्रकमा आगाे लागेकाे हाे।

अचानक आगलागी हुँदा ट्रकमा रहेका सम्पूर्ण कपडा जलेर नस्ट भएकाे प्रहरीले जनाएकाे छ।

प्रहरी र स्थानीय बासीले दमक नगरपालिकाको दमकलको सहयोगमा आगाे नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय झापाले  जनाएकाे छ।

आगलागीबाट ७/८ जना ब्यापारीको सम्पूर्ण कपडा पूर्ण रुपमा जलेकाे छ। जसबाट करिब ३० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ। ट्रक आंशिक रुपमा जल्दा करिब ६ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad