कारोबार


कर्णालीका जलस्रोत र ऊर्जासम्बन्धी ९० प्रतिशत योजना कार्यान्वयनमा

कर्णालीका जलस्रोत र ऊर्जासम्बन्धी ९० प्रतिशत योजना कार्यान्वयनमा

नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार १२:३५, सुर्खेत

कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ९०.२६ प्रतिशत योजना कार्यान्वयनमा गएका छन्। 

चालु आर्थिक वर्षमा विनियोजन भएका एक हजार ३७६ योजनामध्ये एक हजार २४२ अर्थात् ९०.२६ प्रतिशत  योजना कार्यान्वयनमा गएका हुन्। साथै बाँकी १३४ वटा योजना कार्यान्वयनको चरणमा रहेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका सूचना अधिकारी इन्जिनियर सागर आचार्यले कार्यान्वयनका गएका योजनामध्ये हालसम्म १३९ वटा योजना मात्रै सम्पन्न भएका जानकारी दिए। उनका अनुसार जिल्लागत अन्तरगत सुर्खेतमा सबैभन्दा धेरै १७७ योजना सञ्चालनमा रहेकामा १६८ वटा कार्यान्वयन भइसकेका छन्। 

यस्तै, सल्यानमा ७९ मध्ये ७४, दैलेखमा १८३ मध्ये १७४, कालिकोटमा १५९ मध्ये १५३, जुम्लामा १०४ मध्ये ९७ र मुगुमा ९४ मध्ये ८४ योजना कार्यान्वयन भएका छन्। त्यसैगरी रुकुम पश्चिममा १४३ मध्ये १२०, जाजरकोटमा ११३ मध्ये १०२, डोल्पामा १०६ मध्ये १०१ र हुम्लामा २२२ मध्ये २०० योजना कार्यान्वयन भएको सूचना अधिकारी आचार्यले जानकारी दिए।

चालू आर्थिक वर्ष २०८२/८३ मा यस मन्त्रालयका लागि तीन अर्ब ८३ करोड तीन लाख बजेट विनियोजन भएकोमा अहिलेसम्म ९४ करोड २४ लाख रुपैयाँ खर्च भएको छ। जसमा चालुतर्फ ५३.३ र पुँजीगततर्फ २२.४१ प्रतिशत गरी जम्मा २४.६० प्रतिशत बजेट खर्च भएको मन्त्रालयले जनाएको छ। 

यस्तै, जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले अधिकांश योजनाको कार्यान्वयनमा गएका र मन्त्रालय सन्तोषजनक रहेको दाबी गरिन्। ‘धेरै योजनाहरू कार्यान्वयनमा गइसकेका छन्। बाँकी रहेका योजनाहरू वैशाख मसान्तसम्म कार्यान्यनमा जान्छन्। सोही अनुसार बाँकी योजनाहरूलाई शीघ्र सम्पन्न गर्न मन्त्रालयबाट निर्देशन भइरहेको छ,’ मन्त्री बुढाले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad