कारोबार


सुन र चाँदी दुवैको मूल्य घट्यो

सुन र चाँदी दुवैको मूल्य घट्यो

नेपालखबर
असार ६, २०८२ शुक्रबार ११:३७, काठमाडौँ

विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ।

बुधबारको तुलनामा बिहीबार सुन तोलामा ४ सय रुपैयाँ र चाँदीमा २५ रुपैयाँले घटेकामा आज पनि क्रमशः दुवै ८ सय रुपैयाँ र ५० रुपैयाँले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९४ हाजर ७०० रुपैयाँ र सोही परिमाणको चाँदीको मोल दुई हजार १५० रुपैयाँ निर्धारण भएको छ।

बिहीबार प्रतितोला सुन एक लाख ९५ हजार ५०० र चाँदी दुई हजार २०० रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३०० अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad