सुनको मूल्यमा तीन दिनयता कुनै फेरबदल भएको छैन। गत २७ गतेयता सुनको मूल्य स्थिर छ तर चाँदीको भने प्रतितोला १० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख २६ हजार, तेजाबी सुन १ लाख २५ हजार ४ सय र चाँदी १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको छ।
सुनको मूल्यमा कुनै फेरबदल नभए पनि चाँदीको भने १० रुपैयाँ बढेको हो।
हाल सुनको मूल्य उच्च विन्दुमा छ। अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य २ हजार १ सय ७७ अमेरिकी डलर प्रतिऔँस पुगेको छ।
726
Shares
प्रतिक्रिया