कारोबार


‘हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ यही जेठ ८ देखि

‘हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ यही जेठ ८ देखि

नेपालखबर
जेठ ४, २०८३ सोमबार १५:५३, काठमाडौँ

नेपाल हस्तकला महासङ्घको आयोजनामा यही जेठ ८ देखि १० गतेसम्म ‘हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ हुने भएको छ ।

महासङ्घले आज पत्रकार सम्मेलन गरी नेपाली हस्तकला क्षेत्रको प्रवर्द्धनका लागि काठमाडौँको बालुवाटारस्थित अम्रपाली ब्याङ्क्वेटमा तीनदिने प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले स्थानीयस्तरमा उत्पादित हस्तकला वस्तुको प्रदर्शनी एवम् प्रचारप्रसार गरी उद्यमीलाई बजारसम्म पहुँच पुर्‍याउने र परम्परागत सीपको संरक्षण गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको जानकारी दिए।

हस्तकला क्षेत्रले नेपालमा लाखौँको सङ्ख्यामा रोजगार सिर्जना गरेको र वार्षिक करिब २८ अर्ब रुपैयाँ बराबरको सामग्री निर्यात भइरहेको उनको भनाइ छ । उक्त मेलामा हस्तकला प्रदर्शनी तथा बिक्रीका साथै विविध सांस्कृतिक कार्यक्रम हुने अध्यक्ष शाक्यले बताए।

मेलामा स्थानीय उद्यमी, कलाकार तथा कालिगढले प्रत्यक्ष रूपमा आफ्नो सीप प्रदर्शन गर्नेछन् । ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’को अवधारणालाई आत्मसात् गर्दै आयोजना हुन लागेको उक्त प्रदर्शनीमा करिब ७० वटा कक्ष रहने महासङ्घले जनाएको छ ।

महासङ्घका महाप्रबन्धक उत्तमप्रसाद देवकोटाले मेलामा हस्तकलाका साथै अन्य निर्यातजन्य नेपाली वस्तु र सेवाको पनि प्रदर्शनी गरिने बताए। तीन दिनसम्म चल्ने प्रदर्शनीमा काठमाडौँ उपत्यकाका तीनै जिल्लाका साथै सङ्खुवासभा, मकवानपुर, दाङ, बाजुरा, ताप्लेजुङ, चितवन, बर्दिया, काभ्रेपलाञ्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ, तनहुँ, पाल्पा र बागलुङलगायतका जिल्लाबाट स्थानीय सङ्घहरूको सहभागिता रहने जनाइएको छ ।

प्रदर्शनी बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । मेला अवलोकनका लागि सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad