कारोबार


सीजीको नयाँ प्रिमियम स्ट्यान्ड फ्यान सार्वजनिक

सीजीको नयाँ प्रिमियम स्ट्यान्ड फ्यान सार्वजनिक

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १६:३७, काठमाडौँ

इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस (एसडीए) पोर्टफोलियोमा नयाँ र शक्तिशाली 'हाइ-पर्फोमेन्स' स्ट्यान्ड फ्यान सार्वजनिक गरेको छ।

कम्पनीले आफ्नो प्रिमियम सिरिज सीजी मेरिडियाअन्तर्गत अत्याधुनिक र शक्तिशाली मोडल सीजीएमआरएसएफ१८जेट०५ बजारमा ल्याएसँगै मेरिडिया सेग्मेन्टमा अब विकल्पहरूको संख्या ३ पुगेको कम्पनीले जनाएको छ।

नेपाली उपभोक्ताको विविधतापूर्ण आवश्यकता र प्रिमियम जीवनशैलीलाई सम्बोधन गर्दै सीजीले स्ट्यान्ड फ्यान सेग्मेन्टमा आफ्नो उपस्थितिलाई रणनीतिक रूपमा मजबुत बनाएको दाबी समेत गरेको छ। सीजीले प्रिमियम मेरिडिया सिरिज (३ मोडल) ल्याएको छ। जसमा अत्याधुनिक प्रविधि र विलासी अनुभव खोज्ने ग्राहकका लागि सीजी मेरिडिया अन्तर्गत हालै सार्वजनिक नयाँ मोडलसहित ३ वटा उच्चस्तरीय फ्यानहरू उपलब्ध छन्, जसले 'स्मार्ट' फिचर र प्रिमियम लुक्सको उत्कृष्ट समिश्रण प्रदान गर्दछन्।

त्यसैगरी सीजी स्ट्यान्ड फ्यान रेन्ज (९ मोडल) ल्याएको छ। यी फ्यानले आम उपभोक्ताको दैनिक आवश्यकता र किफायती मूल्यमा उच्च कार्यक्षमता सुनिश्चित गर्न ९ वटा विभिन्न भेराइटीका स्ट्यान्ड फ्यानहरू उपलब्ध छन्। यो रेन्जले घरदेखि कार्यालयसम्मका हरेक आवश्यकतालाई पूरा गर्ने कम्पनीको भनाइ छ। 

यसबाहेक शक्तिशाली फर्राटा फ्यान (३ मोडल) रहेका छन्। यिनले औद्योगिक प्रयोग वा ठूला हलहरू जहाँ उच्च क्षमताको हावाको बहाव आवश्यक पर्छ, त्यहाँका लागि ३ वटा शक्तिशाली 'फर्राटा फ्यान' उपलब्ध छन्। यसरी कुल १५ वटा मोडलहरूको यो विस्तृत रेन्ज नेपाली बजारमा अन्य कुनै पनि ब्रान्डको तुलनामा सबैभन्दा ठूलो छ, जसले हरेक वर्गका ग्राहकको बजेट र आवश्यकतालाई 'कस्टमाइज्ड' समाधान दिने सीजीको क्षमतालाई प्रमाणित गर्ने दाबी गरिएको छ।

नयाँ सीजीएमआरएसएफ१८जेट०५ का मुख्य विशेषता के छन्?
नयाँ सार्वजनिक गरिएको १८ इन्चको यो मेरिडिया मोडलमा आधुनिक प्रविधि र उच्च कार्यक्षमताका विशेषताहरू समावेश छन्।

यसअनुसार यी फ्यानमा रोबस्ट एण्ड रिलायबल मोटर छ जुन लामो समयसम्म निरन्तर चल्न सक्ने अत्यन्तै मजबुत र भरपर्दो मोटरको प्रयोग गरिएको छ। त्यस्तै यस फ्यानमा ११५० आरपीएमको उच्च गति रहेको छ, जसले प्रचण्ड गर्मीमा पनि तुरुन्तै शीतलता र राहत प्रदान गर्न सक्षम छ ।  १८ इन्चको फराकिलो स्विपले गर्दा ठूला कोठा वा हलहरूमा हावा समान रूपमा फैलिन्छ।

यो फ्यानमा ५ वटा एल्युमिनियम ब्लेड छन् भने ४-स्पीड कन्ट्रोल रहेका छन्। वाइड एंगल ओसिलेसन र २ वर्षको मोटर वारेन्टी समेत छ। 

विस्तृत बजार पहुँच र बिक्रीपछिको सेवा
सीजी इलेक्ट्रोनिक्सका एक अधिकारीका अनुसार देशभर रहेका २८ वटा अत्याधुनिक शोरुमहरू (सिजी डिजिटल र एलजी शोपी), विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन सीजी डिजिटल डटकम डट एनपी मार्फत ग्राहक वर्गहरूले यी उपकरणहरू सहज र सुलभ तरिकाले खरिद गर्न सक्नेछन्।

अझ महत्त्वपूर्ण कुरा, ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको उत्कृष्ट सेवा र प्राविधिक सहयोग सुनिश्चित गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad