कारोबार


सन् नेपाल लाइफका सीईओ अर्याल पक्राउ

सन् नेपाल लाइफका सीईओ अर्याल पक्राउ

नेपालखबर
चैत १६, २०८२ सोमबार १८:२६, काठमाडौँ

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल पक्राउ परेका छन्।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पुतलीसडकस्थित न्युप्लाजाबाट पक्राउ गरेको हो। 

सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठले अर्याललाई पक्राउ गरेको जानकारी दिए। 

उनका अनुसार सोही कम्पनीमा कार्यरत कर्मचारीहरुलाई छुट्याएको सेयर बाँडफाँटबारे नियमनकारी निकायले माग गरेको विवरण/कागजात पेस गर्दा उक्त कम्पनीबाट प्राप्त सक्कल आवेदन फाराम र सोको प्रतिलिपिहरूको विवरण फरक फरक निकायमा पेस गर्दा फरक फरक देखाएको पाइएपछि अर्याल पक्राउ परेका हुन्। 

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०० विपरित कसुर गरेको देखिएपछि सीईओ अर्याललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। उनी गुल्मी, गुल्मी दरबार गाँउपालिका -५ का भए पनि हाल काठमाडौं वनस्थली बस्दै आएका छन्। 

उनीमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad