कारोबार


पोखरामा आयन र एक्सपेङ विक्रेता सीजी मोटर्सको मेगा सेल्स एन्ड एक्सचेन्ज क्याम्प

पोखरामा आयन र एक्सपेङ विक्रेता सीजी मोटर्सको मेगा सेल्स एन्ड एक्सचेन्ज क्याम्प

नेपालखबर
चैत १२, २०८२ बिहिबार १३:३, काठमाडौँ

सीजी मोटर्सले पोखरामा पनि मेगा सेल्स एन्ड एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ।

काठमाडौंमा मेगा सेल्स एन्ड एक्सचेन्ज कार्निभलको सफलतापछि पोखरामा क्याम्प आयोजना गर्न लागेको हो।

सीजी मोटर्स नेपालमा आयन र एक्सपेङ विद्युतीय सवारी साधनको आधिकारिक वितरक हो। 

यस कार्यक्रममार्फत ग्राहकहरूले ईभी ब्रान्ड आयन र एक्सपेङका मोडेलहरू नजिकबाट अनुभव गर्ने साथै विशेष तथा मूल्ययुक्त अफरहरूको लाभ लिन सक्नेछन्।

क्याम्पमा आयन र एक्सपेङका विद्युतीय सवारीहरूमा आकर्षक बिक्री तथा एक्सचेन्ज अफरहरू उपलब्ध हुने कम्पनीले जनाएको छ।

यसले प्रिमियम ईभी खरिदलाई अझ सहज बनाउनेछ। ग्राहकहरूले आकर्षक नगद छुट, अन-द-स्पट फाइनान्स सुविधा, १ वर्षको अटोप्लस बीमा, एक्सचेन्ज बोनस, वाल-माउन्ट होम चार्जर तथा चालु आर्थिक वर्षको वार्षिक रोड ट्याक्स सुविधाको लाभ लिन सक्नेछन्। साथै, कार्यक्रम अवधिभर दैनिक लक्की ड्रको व्यवस्था पनि गरिनेछ।

यो एक्सचेन्ज क्याम्प चैत ११ देखि १४, २०८२ सम्म सीजी मोटर्स, अर्चलबोट, पोखरामा आयोजना भइरहेको छ। कार्यक्रममा सहभागी हुने आगन्तुकहरूले ग्राहक केन्द्रित वातावरणमा विशेष अफरहरू, टेस्ट ड्राइभ अवसरहरू तथा अपग्रेड अनुभव गर्न सक्नेछन्, जसले विद्युतीय सवारीतर्फको परिवर्तनलाई सरल र सहज बनाउने उद्देश्य राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad