कारोबार


आगामी ग्यालेक्सी स्मार्टफोनको लन्चअघि नै सामसङले ल्यायो विशेष अफर

आगामी ग्यालेक्सी स्मार्टफोनको लन्चअघि नै सामसङले ल्यायो विशेष अफर

नेपालखबर
फागुन १२, २०८२ मंगलबार १६:५, काठमाडौँ

सामसङले आफ्नो आगामी ग्यालेक्सी स्मार्टफोनको आधिकारिक लन्चअघि नै ग्राहकहरूका लागि आकर्षक “ह्यान्ड रेजर” अफर सार्वजनिक गरेको छ।

अफरमार्फत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोनको अग्रिम बुकिङ गर्दै अधिकतम  २० हजार ९९९ रुपैयाँसम्मका विशेष लाभहरू प्राप्त गर्न सक्नेछन्।

प्रारम्भिक ग्राहक र ब्रान्डप्रति निष्ठावान् प्रयोगकर्ताहरूलाई लक्षित गर्दै ल्याइएको यो सीमित अवधिको अफरअन्तर्गत ग्राहकहरूले आफ्नो योग्य पुरानो स्मार्टफोन साटेर नयाँ डिभाइस प्रि–रिजर्भ गर्न सक्नेछन्।

प्रि–रिजर्भ गर्ने ग्राहकहरूले १ टीबीसम्मको मेमोरी अपग्रेड (१५ हजार रुपैयाँसम्म बराबर), ६० वाट फास्ट चार्जर (५ हजार ९९९ रुपैयाँसम्म बराबर) लाभहरू प्राप्त गर्नेछन्।

यो एक्सचेन्ज सुविधा ग्यालेक्सी एस२३, एस२४ तथा एस२५, आईडिभाइस १४, १५ र १६ जस्ता प्रिमियम स्मार्टफोनहरूका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यो ह्यान्ड रेजर अफर २३ फेब्रुअरीदेखि २६ फेब्रुअरी २०२६ सम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ। यस अवधिमा ग्राहकहरूले दर्ता गरी आफ्नो योग्य डिभाइस एक्सचेन्ज र नयाँ एआई पावर्ड स्मार्टफोन स्मार्ट मूल्यमा प्रि–रिजर्भ गर्न सक्नेछन्।

सामसङ एमएक्स डिभिजनका डाइरेक्टर प्रणय रत्न स्थापितले अफरमार्फत ग्राहकहरूलाई प्रतिफल दिन चाहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad