कारोबार


व्यक्तिहरू र साना व्यवसायहरूका लागि यांगोको लचिलो डेलिभरी सेवा

व्यक्तिहरू र साना व्यवसायहरूका लागि यांगोको लचिलो डेलिभरी सेवा

नेपालखबर
माघ ८, २०८२ बिहिबार १६:१५, काठमाडौँ

प्रविधि कम्पनी याङ्गो ग्रुपले नेपाली बजारमा आफ्ना सेवाहरू विस्तार गर्दै याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो डेलिभरी’ सुरु गरेको छ।

यस सेवाले काठमाडौँभित्र पार्सल ढुवानीका लागि व्यक्ति–व्यक्ति र साना तथा मध्यम व्यवसायका लागि सहज र प्रभावकारी समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ।

अब याङ्गो एपले राइड–हेलिङ र डेलिभरी दुवै सेवाहरू एकै ठाउँमा उपलब्ध गराउँदै काठमाडौँका बासिन्दा तथा आगन्तुकहरूको दैनिक आवागमन र ढुवानी आवश्यकतालाई सरल बनाएको कम्पनीको दाबी छ।

यसअनुसार काठमाडौँका प्रयोगकर्ताहरूले साना प्याकेज र कागजातका लागि मोटो कुरियर, मध्यम आकारका सामानहरूका लागि कार कुरियर र ठूला तथा भारी सामानहरूका लागि नयाँ विकल्प कार्गो गरी तीन प्रकारका डेलिभरी विकल्पहरू रोज्न सक्नेछन्। 

सहरी जीवनशैली र साना व्यवसायहरूमा छिटो, सजिलो र भरपर्दो ढुवानीको आवश्यकता बढ्दै गएको सन्दर्भमा यी नयाँ इन–एप विकल्पहरूले व्यक्ति–व्यक्ति ढुवानी गर्ने प्रयोगकर्ताहरू र शहरभरि सामान सार्न चाहने साना तथा मध्यम व्यवसायहरूलाई सहयोग गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad