कारोबार


चिनियाँ पर्यटकलाई पनि नेपालमा डिजिटल भुक्तानी सजिलो, माछापुच्छ्रे बैंकले टेनपेसँग गर्‍यो साझेदारी

चिनियाँ पर्यटकलाई पनि नेपालमा डिजिटल भुक्तानी सजिलो, माछापुच्छ्रे बैंकले टेनपेसँग गर्‍यो साझेदारी

नेपालखबर
पुस २९, २०८२ मंगलबार १८:३७, काठमाडौँ

नेपालमा भित्रिने चिनियाँँ पर्यटकका लागि डिजिटल भुक्तानी सेवा सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले टेनपे पेमेन्ट टेक्नोलोजी कम्पनी लिमिटेडसँग प्रत्यक्ष सम्झौता गरेको छ।

टेनपे पेमेन्ट टेक्नोलोजी कम्पनी लिमिटेड चीनमा विच्याट पे (वेजिन पे० सञ्चालन गर्ने ठूलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो।

उक्त सम्झौतापछि माछापुच्छ्रे बैंकले विच्याट पेको माध्यमबाट अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्नेछ। यसअन्तर्गत चिनियाँ पर्यटकहरूले नेपालमा चिनियाँ मुद्रा (युआन) प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् भने नेपाली व्यापारीहरूले सोझै नेपाली रुपैयाँ (एनपीआर)मा रकम प्राप्त गर्नेछन्।

यसरी चिनियाँँ पर्यटकले प्रत्यक्ष रुपमा कारोबार गर्न सक्ने हुँदा पर्यटन, खुद्रा व्यापार तथा सेवा क्षेत्रमा सहज र सुरक्षित डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ। 

यो सम्झौताले डिजिटल नेपाल फ्रेमवर्क तथा नेपाल राष्ट्र बैंकका विभिन्न रणनीतिक पहलहरूमा पनि टेवा पुर्याउने विश्वास बैंकले लिएको छ।

साथै उक्त सम्झौताले वित्तिय डिजिटल समावेशीकरण, नगद–रहित अर्थतन्त्र र भुक्तानी पूर्वाधारको आधुनिकीकरणमा समेत उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad