इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली बजारका लागि दुई अत्याधुनिक प्रिमियम साउन्डबार मोडेल एस५५एच र क्यू६५एच सार्वजनिक गरेको छ।
हालको क्रिकेट उत्साहलाई ध्यानमा राख्दै घरमै बसेर स्टेडियमजस्तै अनुभव दिलाउने उद्देश्यसहित यी मोडेलहरू उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ।
यी साउन्डबारहरूले हरेक बलको आवाज, दर्शकको उत्साह, र कमेन्ट्री लाई मात्र सुनाउँदैनन्, तर त्यसलाई एउटा सम्पूर्ण अनुभवमा परिणत गर्छन्।
कम्पनीका अनुसार एस५५एचले २.१ च्यानल डोल्बी एटमस र डीटीएस भर्चुअल:एक्स प्रविधिको प्रयोगगरेर स्पष्ट र सिनेमाजस्तो अडियो प्रदान गर्छ। यो मोडेल वायरलेस सबवूफरसहित आउँछ र २२०डब्लुको अधिकतम शक्ति दिन्छ, जसले गहिरो बास र भरपूर्ण साउन्ड प्रदर्शन सुनिश्चित गर्छ। त्यस्तै ब्ल्टुथ ५.३ लो लेटेन्सी कनेक्टिभिटीले लाइभ खेल वा कन्टेन्ट हेर्दा आवाजमा हुने ढिलाइलाई कम गर्छ।
एआई सोनिक अड्याप्टेसनले कोठाको आकार र अवस्था अनुसार आवाजलाई स्वतः राम्रो बनाउँछ र उत्तम साउन्डको लागि सन्तुलित आउटपुट दिन्छ। टीसीएल टुटी कोरल प्रविधिले टीसीएलको टिभी र साउन्डबार बीच छिटो जोड्न मदत गर्छ र युनिफाइड साउन्ड आउटपुट दिन्छ, जसले अडियो क्वालिटीलाई अझ बढी राम्रो र जीवन्त बनाउँछ।
त्यसैगरी क्यू६५एचले ५.१ च्यानल स्पिकर सिस्टमको मदततले ५८० डब्लुको शक्तिशाली आवाज दिन्छ। यसले घरायसी मनोरञ्जन अनुभवलाई नै बदल्ने कम्पनीको दाबी छ। त्यस्तै डलबी अटमस र डीटीएस:एक्सको मिश्रणले वास्तविक थ्रिडी सराउन्ड साउन्डको दृश्य सिर्जना गर्छ, जहाँ आवाजलाई विभिन्न दिशाबाट आउँदै गरेजस्तो अनुभव हुन्छ।
यसबाहेक सिग्नेचर रे•ड्याज प्रविधिले अझ चौडा, प्राकृतिक र जीवन्त साउन्ड स्टेज बनाउँछ र राम्रो साउन्ड सुनिने क्षेत्रलाई बढाउँछ। वायरलेस सबवुफरसहित आएको यो मोडेल ५५-इन्च भन्दा ठूला टिभीहरूका लागि विशेष रूपमा उपयुक्त हो।
एचडीएमआई इअर्क, मल्टिपल एचडीएमआई इनपुट्स र ब्लुटुथ वायरलेस म्युजिक कनेक्टिभिटीले यसलाई प्रयोग गर्न अझ सजिलो र लचिलो बनाउँछ।
टीसीएल का यी साउन्डबारहरू नेपालभरका टीसीएल अधिकृत रिटेल आउटलेटहरू तथा अनलाइन स्टोरमार्फत उपलब्ध छन्।
Shares

प्रतिक्रिया