कारोबार


सिटिजन लाइफले गर्‍यो अवार्ड सेरेमनी र सीप विकास कार्यक्रम

सिटिजन लाइफले गर्‍यो अवार्ड सेरेमनी र सीप विकास कार्यक्रम

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १८:८, काठमाडौँ

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र काठमाडौँ उपत्यकाका क्षेत्रीय स्तरमा "अवार्ड सेरेमोनी एन्ड स्किल इन्हान्स्मेन्ट कार्यक्रम" सफलतापूर्वक सम्पन्न गरेको छ।

यस कार्यक्रमअन्तर्गत भदौ २१ गते सोल्टी वेस्टएण्ड, इटहरीमा पूर्व क्षेत्रका लागि, कात्तिक १४ गते टाइगर प्यालेस रिसोर्ट, सोाल्टी, भैरहवामा मध्य–पश्चिम क्षेत्रका लागि, कात्तिक २१ गते टिका रिसोर्ट, लेकसाइड पोखरामा मध्य–पश्चिम क्षेत्रका लागि तथा कात्तिक २२ गते स्मार्ट प्यालेस, चाबहिल, काठमाडौँमा मध्य क्षेत्रका लागि कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमको उद्देश्य सिटिजन लिडरहरूबीच आत्मविश्वास, प्रेरणा र आपसी सहकार्य (फेलोशिप) प्रवर्द्धन गर्नुका साथै बिक्री सीपमा नवीकरण गर्दै अझ पेशेवर लिडरहरू तयार पार्नु रहेको थियो। प्रत्येक कार्यक्रममा २५० देखि ३६० जनासम्म सहभागी थिए।

कार्यक्रमका क्रममा आर्थिक वर्ष २०८१/८२ का "ब्रोनज क्लब" क्वालिफायरहरूलाई सम्मान गरिनुका साथै विभिन्न दिनहरूमा "हिरो अफ द डे" उपाधि प्राप्त लिडरहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो।

तालिम सत्र कम्पनीका ट्रेनिङ विभाग प्रमुख, प्रमुख व्यवसाय अधिकृत (सीबीओ), प्रमुख बजार व्यवस्थापन अधिकृत (सीएमओ) र प्रमुख कार्यकारी अधिकृत (सीईओ) द्वारा संचालन गरिएको थियो, जसले सहभागीहरूमा उच्च स्तरको उत्साह र प्रेरणा जागृत गरेको थियो।
कार्यक्रमपछि मनोरञ्जनात्मक सत्रको आयोजना गरिएको थियो, जहाँ चर्चित लोकगायक मिलन लामाले पोखरा र काठमाडौँमा प्रस्तुतिका माध्यमबाट कार्यक्रमलाई झनै उत्साहपूर्ण बनाएका थिए।

कार्यक्रम अत्यन्तै उत्साहजनक, जीवन्त र सफलतापूर्वक सम्पन्न भएको कम्पनीले जनाएको छ। सहभागीहरू कार्यक्रमबाट प्रेरित, ऊर्जाशील र उत्साहित बनेका छन्।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सधैं आफ्नो लिडरहरूमा सकारात्मक ऊर्जा र खुसी फैलाउने विश्वास राख्दै आएको छ।

कम्पनीका अनुसार, कडा परिश्रम गर्ने लिडरहरूको सम्मान र पुरस्कृत गर्नु कम्पनीको नीति तथा संस्कृतिको अभिन्न अङ्ग हो।

निकट भविष्यमा पश्चिम तथा हेटौँडा क्षेत्रका कार्यक्रमहरू पनि सम्पन्न गरिने कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad