सामसङ नेपालले तिहार क्याम्पेन “तिहारको मूड, सबै गुड!” घोषणा गरेको छ।
यो अफरले नेपालभरका ग्राहकहरूलाई अद्भुत छुट र रोमाञ्चक लक्कीड्रमार्फत साप्ताहिक तथा बम्पर पुरस्कार जित्ने अवसर प्रदान गर्दै तिहारलाई अझ विशेष बनाउनेछ।
यो अफर आश्विन २६ देखि कार्तिक ३०, २०८२ सम्म देशभरका अधिकृत सामसङ विक्रेताहरुमा लागू हुनेछ। यस अवधिमा ग्राहकहरूले सामसङका टिभी, फ्रिज र वाशिङ मेसिन मा आकर्षक छुटका साथ नयाँ भर्सनका उत्पादनहरू किन्न सक्नेछन्, जसले प्रकाशको यो पर्वलाई झनै उज्यालो बनाउनेछ।
यसअनुसार टिभीमा ३५ प्रतिशत, फ्रिजमा १९ प्रतिशत र वासिङ मेसिनमा २४ प्रतिशत क्यासब्याक पाउन सकिनेछ भने क्रमश: ५ हजार, ६ हजार र ७ हजारसम्म एक्सचेन्ज बोनस पनि अफरमा समेटिएको छ।
साथै, सामसङले आफ्ना ग्राहकहरूका लागि आकर्षक साप्ताहिक र बम्पर पुरस्कारहरू पनि उपलब्ध गराएको छ।
जसअनुसार उक्त तीनवटैमा क्रमश: साउन्डबार, २३ लिटर माइक्रोवेभ वोभन र २३ लिटर माइक्रोवेभ वोभन साप्ताहिक पुरस्कार र क्रमश: ३५ लिटर बिस्पोक एआई फ्रिज, ९ केजी फ्रन्ट लोड मेसिन तथा ६५ इन्चको यूएचडी टीभी बम्पर पुरस्कार पाउन सकिनेछ।
यसका लागि ग्राहकले सामसङको टिभी, फ्रिज वा वाशिङ मेसिन खरिद गरेपछि उत्पादनको सिरियल नम्बर एसएमएसमार्फत पठाएर भाग लिन सक्नेछन्।
Shares

प्रतिक्रिया