कारोबार


सिटी एक्सप्रेस मनि ट्रान्सफरले ल्यायो पर्व योजना

सिटी एक्सप्रेस मनि ट्रान्सफरले ल्यायो पर्व योजना

नेपालखबर
भदौ १६, २०८२ सोमबार १७:१९, काठमाडौँ

सिटी एक्सप्रेस मनि ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै पर्व योजना सार्वजनिक गरेको छ। 

आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुसी साट्न लगातार ९ हप्तासम्म चल्ने गरी ‘यो दशैँ तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख’ उपहार योजना घोषणा गरेको हो। 

सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्र्पmत हरेक हप्ता १ जनालाई १ लाख र  हरेक दिन सबैलाई सिटी पेबाट क्यासब्याक पाइनेछ।

कम्पनीका अनुसार यो अफर भदौ १६ देखि कात्तिक १५ गतेसम्म लागू हुनेछ। यो अवधिभरि सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्। यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुनेछैन।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १९ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ। साथै सिटी पेबाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad