कारोबार


क्लासिक टेकको १६औँ वर्षमा प्रवेश

क्लासिक टेकको १६औँ वर्षमा प्रवेश

नेपालखबर
असार ३२, २०८२ बुधबार १७:५७, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक १६औँ वर्षमा प्रवेश गरेको छ।

सन् २००९ मा औपचारिक रुपमा स्थापना भएको क्लासिक टेकले हालसम्म देशका ७४ जिल्लामा एफ़टीटीएच र वायरलेस सेवा विस्तार गरेको जनाएको छ।

तीव्र गतिको उच्चस्तरीय इन्टरनेट तथा इन्टरनेट र टिभी (आईपी टिभी) सञ्चालन गरी १०४ शाखाहरूबाट सेवा प्रदान गर्दै आएको छ।

क्लासिक टेकले आफ्नै डेटा सर्भरबाट डेटा कनेक्टिभिटी, नेटवर्क इन्टिग्रेसन, सफ्टवेयर डेभलपमेन्टमार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक प्रविधि युक्त (आइपीभी सिक्स) उच्चस्तरीय इन्टरनेट सेवा दिइरहेको छ। कम्पनीले वाइफाइ सिक्स प्रविधि भएको राउटर, कन्टेन्ड डिलिभरी नेटवर्क कम्पनीमै होस्ट भएकाले थप गुणस्तरीय र विश्वसनीय सेवा सञ्चालनमा कम्पनी अग्रसर रहेको उल्लेख गरिएको छ। 

यसैगरी कम्पनीले ३६५ दिन ग्राहक सेवा २४ घण्टा कल तथा १२ घण्टा फिल्ड सेवा दिँदै आएको छ।

कम्पनीले १६औं वार्षिकोत्सवमा ग्राहकहरुलाई "जतिमा चाहियो, त्यतिमा पाइयो" अफर समेत सार्वजनिक गरेको छ। इन्टरनेट टिभी र वाइफाई सिक्स राउटर पनि त्यतिमै पाइने कम्पनीले जनाएको छ। यसो हुँदा  ग्राहकले आफ्नो बजेटअनुसार इन्टरनेट लिन सक्ने कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad