एनआईसी एसिया बैंकले नयाँ वर्ष २०८२ को अवसरमा मोबाइल बैंकिङ्ग सेवा प्रदायक एफवानसफ्ट प्रा.लि.सँगको सहकार्यमा आकर्षक योजना सार्वजनिक गरेको छ।
ग्राहकका लागि बैंकले ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना घोषणा गरेको हो।
योजनामा सहभागी हुने ग्राहकहरुले आईफोन १६ जित्न सक्ने बैंकले जनाएको छ।
यस योजनामा सहभागी हुन बैंकको मोबाइल बैंकिङ्ग एप (मोबैंक) मार्फत सय रुपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गर्नुपर्नेछ।
योजना अवधि समाप्त भएपछि यसमा सहभागी हुने ग्राहकहरुमध्ये गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहकलाई विजेता घोषणा गर्दै आईफोन १६ प्रदान गरिनेछ।
यो योजना २०८२ वैशाख १ गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म सञ्चालन हुने बैंकले उल्लेख गरेको छ।

प्रतिक्रिया