कारोबार


फोनपेले ल्यायो डिजी स्मार्ट नेपाल अभियान

५० हजार रुपैयाँ जित्ने अवसर
फोनपेले ल्यायो डिजी स्मार्ट नेपाल अभियान

नेपालखबर
चैत ७, २०८१ बिहिबार ११:३५, काठमाडौँ

फोनपेले ग्लोबल मनी विक २०२५ को अवसरमा फोनपे डिजी स्मार्ट नेपाल अभियान सञ्चालन गरिरहेको छ। 

यस अभियानको उद्देश्य नेपालभर डिजिटल वित्तीय साक्षरताको प्रवर्द्धन गर्नुका साथै डिजिटल भुक्तानीलाई सुरक्षित, सरल र पहुँचयोग्य बनाउनु हो।

अभियानले डिजिटल वित्तीय प्रणाली प्रति नागरिकहरूको विश्वास अभिवृद्धि गर्दै डिजिटल भुक्तानीको सही प्रयोग, सुरक्षाका उपायहरू, र यसको फाइदाबारे जानकारी प्रदान गर्ने फोनपेले जनाएको छ। 

फोनपे डिजी स्मार्ट नेपाल अभियानअन्तर्गत डिजिटल वित्तीय साक्षरता र जन चेतना प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन्।

तिनमा कलेजहरूमा स्क्रिप्ट ड्रामा, डिजिटल सचेतना क्विज प्रतियोगिता, सामाजिक प्रयोग, वित्तीय विज्ञहरूसँग प्रश्नोत्तर आदि पर्दछन्। यसमार्फत डिजिटल भुक्तानीको सहजता र सुरक्षाबारे जनचेतना फैलाइनेछ। 

त्यसैगरी यस अवधिभरि  डिजिटल माध्यमलाई व्यापक रूपमा अपनाई डिजिटल भुक्तानीलाई प्राथमिकता दिने व्यवसायीहरूलाई विशेष प्रोत्साहन प्रदान गरिनेछ।

यसका साथै फोनपेले सेयर गर र जित प्रतियोगिता पनि आयोजना गर्ने जनाएको छ। यसमा सहभागी भई एक भाग्यशाली विजेताले ५० हजार रुपैयाँ जित्ने अवसर प्राप्त गर्न सक्नेछन्। यस प्रतियोगितामा भाग लिन डिजिटल भुक्तानीले आफ्नो जनजीवनलाई सहज बनाएको  कुनै अनुभव साझा गरी फेसबुक, इन्स्टाग्राम वा टिकटकमा भिडियो पोस्ट गर्नुपर्नेछ। 

फोनपे डिजी स्मार्ट नेपाल अभियानमार्फत कम्पनीले डिजिटल भुक्तानीलाई अझ सरल, सुरक्षित, र सबैका लागि सहज बनाउने लक्ष्य राखेको छ । अभियान अवधि मार्च १७ देखि मार्च ३१, २०२५ सम्म रहनेछ। 

यो अवधिमा मात्र नभएर हामी सधैँ डिजिटल भुक्तानी गर्दा  सुरक्षित कारोबार सुनिश्चित गर्न सबै सचेत रहनुपर्ने कम्पनीको भनाइ छ। 

कम्पनीका अनुसार सुरक्षित डिजिटल कारोबारलाई प्रोत्साहित गर्न, प्रत्येक नागरिकले डिजिटल भुक्तानीका सुरक्षित अभ्यासहरू अपनाउनु आवश्यक छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad