कारोबार


अब आईएमई पेबाटै आईईएलटीएस परीक्षाको शुल्क तिर्न सकिने

अब आईएमई पेबाटै आईईएलटीएस परीक्षाको शुल्क तिर्न सकिने

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार ११:३२, काठमाडौँ

डिजिटल वालेट आईएमई पेले आईईएलटीएस टेस्टको शुल्क भुक्तानी आईएमई पेमार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ। 

सुविधामार्फत प्रयोगकर्ताहरुले आईएमई पे एपमार्फत आफ्नो आईईएलटीएस परीक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय बचाउन सक्नेछन्।

प्रयोगकर्ताहरुले आईईएलटीएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईईएलटीएस यूकेभीआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल्स ए१/ए२, बी१को निम्ति भुक्तानी आईएमई पे एपमार्फत गर्न सक्ने कम्पनीले जनाएको छ। 

सीमित अवधिको लागि आईएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानीमा फ्लाट रु. १००० क्यासब्याक पनि प्राप्त गर्न सकिन्छ।

‘हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित छौँ ’, आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ‘आईईएलटीएस शुल्क भुक्तानीको लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गरेर हामीले प्रयोगकर्ताहरुलाई आफ्नो उद्देश्यहरु पूरा गर्न सशक्त बनाउने लक्ष्य राख्छौँ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad