नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच स्मार्ट पेमार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनको लागी सम्झौता भएको छ।
सम्झौतासँगै सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहक, एजेन्ट तथा प्रयोगकर्ताहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवामार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्न सक्नेछन्।
यही कात्तिक ११ गते सिटी एक्सप्रेस मनि ट्रान्सफरको कार्यलयमा आयोजित कार्यक्रमका बीच एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सिटी एक्सप्रेस मनि ट्रान्सफरका निर्देशक कृष्णराज पौडेलले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
विगत दुई दशकदेखि कार्ड, क्युआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ्ग लगायत एससीटीले भुक्तानीका विभिन्न सेवा दिँदै आएको छ। एससीटीले स्मार्ट पे ब्रान्डमा अन्तर बैंक भुक्तानी सेवा यसै वर्ष सुुरु गरेको हो।
यस सेवामार्फत बैंक वित्तीय संस्थालगायत रेमिट्यान्स कम्पनी, ब्रोकर हाउस, बिमा कम्पनी तथा ठूला कर्पोरेटहरुले आफ्ना सेवाग्राहीका नेपालभरका जुनसुकै बैंक खातामा सहज र छिटो तवरले रकमान्तर गर्न सक्नेछन्।
यस सेवाको सुरुवातपश्चात् सिटी एक्सप्रेस मनि ट्रान्सफरमार्फत प्राप्त हुुने रेमिट्यान्स रकम बैंक खातामा ट्रान्सफर अझै छिटोे–छरितो र भरपर्दो बन्ने दुवै पक्षले जनाएका छन्।
Shares

प्रतिक्रिया