ad ad

कारोबार


ग्लोकल टिन हिरो नेपालको १०औँ संस्करणको लागि आवेदन खुल्ला

ग्लोकल टिन हिरो नेपालको १०औँ संस्करणको लागि आवेदन खुल्ला

नेपालखबर
असार ३, २०८१ सोमबार १६:३, काठमाडौँ

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को दशौं संस्करणको लागि आवेदन खुलेको छ।

यस वर्ष पूर्वदेखि पश्चिमसम्म ५० बढी सहरहरू र १००० विद्यालय÷कलेजहरूका १ लाखभन्दा बढी किशोर किशोरिहरुसम्म पुग्ने लक्ष्य राखेको गोल्छा ग्रुपले जनाएको छ। 

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरणका कार्यहरु लगायत विभिन्न अन्य क्षेत्रमा आफ्नो कौशल दर्शाएका प्रतिभावान किशोर किशोरीहरुले ग्लोकलटिनहिरोको वेबसाइट मार्फत निःशुल्क अनलाइन आवेदन भर्न सक्छन्। साथै, आफ्नो समुदायमा रहेका उत्कृष्ट किशोर किशोरीहरूको मनोनयन गर्न पनि सकिनेछ।  

पहिलो चरणमा कुल आवेदनहरुको पहल, प्रभाव र उपलब्धिका आधारमा ग्लोकल २०अन्डर२० को छनोट गरिनेछ। त्यसपछि उनीहरुको दृष्टिकोण, कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, मनोवृत्ति र दुरदर्सनको मापनको लागि अन्तर्वार्ता हुनेछ र ग्लोकल टीन हीरो नेपाल २०२४ को विजेता घोषणा गरिनेछ । 

हरेक वर्षझै यस वर्ष पनि ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२४ मा हुने अवार्ड कार्यक्रम र सम्मेलनमार्फत घोषणा गरिनेछ। शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ। 

अन्तिम स्क्रिनिङ र साक्षात्कारका लागि निर्णायक टोलीमा गोल्छा ग्रुप प्रा लिमिटेडकी डाइरेक्टरसीमा गोल्छा, डब्लुडब्लुएफका कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर सुश्री चन्द्रिका कालिया, एस इन्स्टिच्युट अफ मेनेजमेन्टका डाइरेक्टर आशिष तिवारी तथा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जो रहनेछन्। 

ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा गोल्छा ग्रुप सँग साझेदारी गरेको छ। पार्ट्नरका  रुपमा होन्डा, कोका–कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, केएफसी पञ्चकन्या ग्रुप, डिशहोम गो, एस इन्स्टिच्युट अफ मेनेजमेन्ट र रियल जुस रहेका छन्। त्यस्तै प्रारम्भ साझेदारको  रूपमा द सोल्टी काठमाडौं, आतिथ्य पार्टनरमा कोजी होम एयरलाइन्स पार्टनरको रूपमा यती एयरलाइन्स, पीआर साझेदारमा प्रिज्मा एडभरटाइजिङ, आउटरिच पार्टनरको रूपमा नो नेक्स्ट क्वेश्चन र समर्थकमा पिज्जा हट रहेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .