भगवती स्टिलको आम्दानी आधाले घटेको छ। गत आर्थिक वर्षमा १ अर्ब ८३ करोड रुपैयाँ मात्रै आम्दानी गरेको हो।
पछिल्लो ३ वर्षमा कम्पनीको आम्दानीमा लगातार गिरावट आएको छ।
आर्थिक वर्ष २०७६/०७७ मा चार अर्ब १० करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले २०७७/०७८ मा ३ अर्ब २२ करोड रुपैयाँमा झरेको थियो।
कम्पनीले आम्दानी घट्नुमा माग र अर्थतन्त्र चलायमान कम हुनुलाई कारक मानेको छ। सन् १९९१ मा स्थापना भएको कम्पनीले पाइप, सिट, डोर र विन्डो फ्रेम, सटर, साइड च्यानल, पोल, टावर, मोटरेवल पुल लगायतका वस्तु उत्पादन गर्दै आएको छ।
बाराको छाता पिपरामा रहेको कम्पनीको क्षमता ८५ हजार ५०० मेट्रिक उत्पादन क्षमता रहेको छ। कम्पनीको अध्यक्ष सुमित कुमार अग्रवाल रहेका छन्।
27
Shares
प्रतिक्रिया