ad ad

कारोबार


सामसङ इलेक्ट्रोनिक्सले टिभी किन्दा निःशुल्क साउन्डबार र ३० प्रतिशत पैसा फिर्ता दिने

सामसङ इलेक्ट्रोनिक्सले टिभी किन्दा निःशुल्क साउन्डबार र ३० प्रतिशत पैसा फिर्ता दिने

नेपालखबर
असोज २, २०७९ आइतबार १३:०, काठमाडौँ

उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले विशेष २०७९ को दशैंतिहार अफरहरूमा’ उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना घोषणा गरेको छ। 

जसमा निःशुल्क इन्स्टलेसन लगायतका आफुले छनौट गरिएका उत्पादनहरूको खरिदमा ३० प्रतिशतसम्म क्यासब्याकको अफर उपलब्ध हुने कम्पनीले जनाएको छ। 

कम्पनीले ल्याएको यो अफर सेप्टेम्बर १७ गतेदेखि नोभेम्बर १५ गते अर्थात असोज १ देखि कात्तिक २९ गतेसम्म चल्नेछ। 

कम्पनीले भनेको छ, ‘यदि तपाईं आफ्नो घरेलु उपकरणहरू अपग्रेड गर्ने योजना गर्दै हुनुहुन्छ भने टिभि, रेफ्रिजरेटर वा वासिङ मेसिनहरू खरिद गर्नको लागि यो उत्तम समय हो।’

यो अफर सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनमा मात्र लागू हुने कम्पनीको भनाइ छ। सामसङ टिभीहरूमार्फत, ग्राहकले सामसङको प्रिमियम रेन्जका टिभीहरूमध्ये एउटामा अपग्रेड गर्दा निःशुल्क साउन्डबारसहित आफ्नो खरिदमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। 

‘यस्तै तपाईंले सामसङको रेफ्रिजरेटर खरिद गर्दा २५ प्रतिशतसम्म र ब्रान्ड न्यु सामसङ वासिङ मेसिन खरिद गर्दा २२ प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्नुहुन्छ’, कम्पनीले भनेको छ। 

प्रिमियम रेन्जका टेलिभिजन सेटहरूमध्ये सामसङ क्रिस्टल फोरके युएचडी टिभीहरू छन्, जुन तिनीहरूको पावरफुल ’फोर के एचडी डिस्प्लेमा लाइफलाइक बिलियन ट्रु कलर’ हरूको लागि परिचित छ। 

७५ इन्च वा सोभन्दा माथिको क्रिस्टल फोर के युएचडी टिभी खरिद गर्दा १५प्रतिशतसम्मको क्यासब्याकको साथमा निःशुल्क साउन्डबार पाउन सकिने छ। सामसङ फ्रेम टिभीहरू टेस्टफुल्ली डिजाइन गरिएको टिभी हो जसले ग्राहकलाई बेजेल विकल्पहरूको रेन्जका साथ आफ्नै शैलीको रंगीन टेलिभिजन डिजाइन प्रदान गर्दछ। 

यो मोडेलको टिभिमा पनि निःशुल्क साउन्डबारको साथमा १८ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिनेछ। १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजीको कलर भोल्युम रहेको क्युएलईडी टिभीहरूको प्रत्येक मोडेलमा निःशुल्क साउन्डबारको साथमा १९ प्रतिशतसम्मको छुट गराइएकोे छ।

फाइभ इन वन कन्भर्टिबल रेफ्रिजरेटरमा ३४५ लिटर क्षमताका मोडेलहरूदेखि ५५१ लिटरसम्म क्षमताका मोडेलहरूमा रेफ्रिजरेटर लाइनअपको कुनै पनि रेन्जको खरिदमा २५ प्रतिशतसम्मको क्यासब्याक ग्यारेन्टीको साथ आउँदै छ। 

यस महोत्सवको अधिकतम लाभ लिन सकिने छ। यसको ५७९ लिटर क्षमता भएको फ्रेन्च डोर रेफ्रिजरेटर पनि २१ प्रतिशत छुटमा उपलब्ध छ। यो रेफ्रिजरेटर यसको इनोभेटिभ कन्भर्टिबल फ्रेन्च डोरका लागि परिचित छ।

एआई इकोबबल वासर ड्रायरको ८ केजी तथा १२ केजी भेरियन्टमा २० प्रतिशतसम्मको क्यासब्याक ग्यारेन्टीसहित उपलब्ध रहेको छ। यसमा सजेस्टिभ साइकलको साथ पर्सनलाइज्ड लुगा धुने अनुभव पाउन सकिने छ। साथै ८ किलो तथा ९ किलो क्षमताको हाइजिन स्टिमको साथ आउने फ्रन्ट लोडमा २२ प्रतिशतसम्म छुट पाउन सकिनेछ।

सामसङ नेपालमा मात्र नभई विश्वभर उपभोक्ता इलेक्ट्रोनिक्सका लागि एक विश्वसनीय ब्राण्ड भएको छ, जसले प्राविधिक पक्षहरुमा निरन्तर रूपान्तरण र नवप्रवर्तनलाई पुनः परिभाषित गर्न परिचित छ।

विगत १६ वर्षदेखि सामसङको टिभी ग्लोबल नम्बर वन टिभी ब्राण्ड बन्न सफल भएको छ। कम्पनीले टिभिमा १ वर्ष वारेन्टी र थप १ वर्ष वारेन्टी प्यानलहरुमा दिइएको छ। डीआईटी कम्प्रेसर (रेफ्रिजेरेटर) र एसिमा १० वर्ष, डीआइटि मोटर (वासिङ्ग मेसिन) मा १० वर्षको वारेन्टी छ।

आइएसओ १५५०२ मापदण्ड प्रयोग गरिएको आन्तरिक परीक्षणको आधारमा उपकरणहरुलाई एशोसियसन फर इलेक्ट्रिक, इलेक्ट्रोनिक एण्ड इन्फरमेसन टेक्नोलोजीज इन जर्मनी–एसोसिएसन फर इलेक्ट्रिकल, इलेक्ट्रोनिक एन्ड इन्फरमेसन टेक्नोलजिज इन जर्मनी –भर्ब्यान्ड ड्युची इलेक्ट्रोक्निकर भीडीई)ले २१ वर्ष टिक्ने प्रमाणपत्र प्रदान गरेको छ। 

सामसङले ग्राहकको सुविधाका लागि योजना अवधिभर खरीद गरिएका केही छनोट गरिएका प्रमुख उपकरणहरु निःशुल्क जडान गरिदिने व्यवस्था समेत गरेको छ। यो अफर हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्क अन्तर्गत नेपालभर उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .