ad ad

कारोबार


४ वर्षमा वर्ल्डलिंकको व्यापार दोब्बरले वृद्धि, २३ अर्बको कारोबार

४ वर्षमा वर्ल्डलिंकको व्यापार दोब्बरले वृद्धि, २३ अर्बको कारोबार

नेपालखबर
भदौ ३, २०७९ शुक्रबार १६:४२, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले ४ वर्षमा आफ्नो व्यापारमा दोब्बर वृद्धि गरेको छ। 

आर्थिक वर्ष २०७४/०७५ मा ४ अर्ब १२ करोड रुपैयाँको व्यापार गरेको वर्ल्डलिंकले २०७७/०७८ करिब ८ अर्बको व्यापार गरेको हो। 

४ वर्षमा वर्ल्डलिंकले २३ अर्ब ६५ करोड रुपैयाँको व्यापार गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा ५ अर्ब ४ करोड कारोबार गरेको थियो। आर्थिक वर्ष २०७६/०७७ मा ६ अर्ब ५४ करोड रुपैयाँ कारोबार गरेको थियो।

वर्ल्डलिंकले आफ्नो नाफा पनि बढाउँदै लगेको छ। कर, ब्याज र अवमूल्यनसहितको नाफा ३७.१४ प्रतिशत छ। २०७४/०७५ मा ३३.३५ प्रतिशत यस्तो नाफा ३४.९६ प्रतिशत रहेको थियो। नेपालको सबैभन्दा ठूलो इन्टरनेट सर्भिस प्रोभाइडरले २०७७/०७८ मा ७ अर्ब ९५ करोड रुपैयाँको व्यापार गरेको छ। 

०७६/०७७ मा वर्ल्डलिंको व्यापार २१.५३ प्रतिशतले बढेको छ। इन्टरनेट प्रयोगकर्ताको हिसाबले करिब ३० प्रतिशत बढेको छ। वर्ल्डलिंकले २०७८ साउनदेखि चैतसम्म ६ अर्ब ७२ करोड रुपैयाँको व्यापार गरेको छ। 

टेलिकम कम्पनीमा नेपाल दूरसञ्चार लिमिटेड, एनसेलपछि सबैभन्दा ठुलो रहेको छ। वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड सन् १९९६ मा स्थापना भएको थियो। २०१९ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो। 

आईएसपी सेग्मेन्टमा वर्ल्डलिंकको ३० प्रतिशत आईएसपी मार्केट सेयर रहेको छ। वर्ल्डलिंकले ४० प्रतिशत ब्यान्डविथ बोक्छ। देशका ७० बढी जिल्लामा आफ्नो सेवा पुर्याएको छ। नेपालभर कम्पनीका १४० ब्रान्च रहेका छन्। 

वर्ल्डलिंकले आगामी वर्ष १२० ठाउँमा आफ्नो पूर्वधार विस्तार गर्ने योजनामा रहेको छ। त्यसको लागि अपरेटिङ सञ्चालन आम्दानी, लगानीकर्ताबाट स्वपुँजी र ऋणबाट ४ अर्ब लगानी गर्ने तयारीमा रहेको छ। केयर रेटिङ एजेन्सका अनुसार वर्ल्डलिंकले ५ अर्ब १९ करोड रुपैयाँ ऋण लिन सक्छ। 

वैदेशिक लगानीसँगै फस्टाउँदै वर्ल्डलिंक
वैदेशिक लगानी र प्रविधि भित्र्याउँदे वर्ल्डलिंक फस्टाउँदै गएको छ। २०१९ मा ब्रिटिस इन्टरनेश्नल इन्भेष्टमेन्ट (सीडीसी)ले १ अर्ब ३५ करोड लगानी गरेको थियो। जसमा १ अर्ब वर्ल्डलिंकमा प्रत्यक्ष लगानी गरेको थियो। सीडीसी बेलायती सरकारको पूर्ण लगानी छ। वर्ल्डलिंकमा यसको १० प्रतिशत सेयर छ। 

सीडीसीले विश्वभर १२०० बढी व्यवसायमा लगानी गरिरहेको छ। यसको कुल कम्पत्ति ६.८ विलियन पाउन्ड छ। 

वर्ल्डलिंकले ‘फाइबर टु द होम’ प्रविधि २०१२ मा नेपाल भित्राएको थियो। २०१८ मा कम्पनीले फिनल्यान्डको बहुउद्देश्यीय आईटी इन्फास्टक्चर फर्म भित्राई एफटीटीएच नेटवर्क विस्तार गरिरहेको छ। हालसम्म वर्ल्डलिंकको १३ हजार ६४६ किलोमिटर फाइबर नेटर्वक विस्तार गरिसकेको छ। 

वैदेशिक लगानी भित्रिनुअघि २०७४ वैशाखमा १ लाख १ हजार रहेका ग्राहक गत वैशाखसम्म ६ लाख २५ हजार पुगेका छन्। यी ग्राहकलाई इन्टरनेट उपलब्ध गराएर वर्ल्डलिंकले करिब ५० प्रतिशत मात्रै आम्दानी गर्छ। 

कम्पनीको आम्दानीमध्ये ४१ प्रतिशत खुद्रा ग्राहकबाट र ७ प्रतिशत कर्पोरेट ग्राहकलाई इन्टरनेट उपलब्धबाट आम्दानी गरेको छ। त्यसबाहेक कम्पनीको आम्दानी मोनिटरिङ एन्ड टेक्निकल सपोर्ट, डाटा कनेक्टिभिटी, सेमी कर्पोरेट प्लान, वेब हस्टिङ सर्भिसलगायतको व्यापारबाट गर्छ। 

वर्ल्डलिंकका ग्राहक वार्षिक १ लाखको हिसाबले वृद्धि भए पनि २०७८ मा १ लाख ५२ हजार इन्टरनेट ग्राहक बढेका छन्। त्यसअघि २०७५ बैशाखसम्म १ लाख ३ हजारले बढेर २ लाख ४ हजार पुगे। २०७६ मा ९० हजारले ग्राहक बढी २ लाख ९४ हजार पुगे।  २०७७ मा  ९९ लाख ग्राहक वृद्धि भए। २०७८ बैशाखसम्म ४ लाख ७८ हजार मात्रै रहेका थिए।  

वर्डलिंकमा ५ जना निर्देशक रहेका छन्। बोर्डको अध्यक्ष तथा प्रबन्धनिर्देशक दिलिप अग्रवाल छन्। अग्रवालले अमेरिकाको बेट्स कलेजबाट १९९६ सकी वर्ल्डलिंक स्थापना गरेका थिए। 

उनी कम्पनीको कर्पोरेट म्यानेजमेन्ट र डेभलपमेन्टको जिम्मेवारीमा छन्। वर्ल्डलिंकको कार्यकारी निर्देशकमा मनोक कुमार अग्रवाल रहेका छन्। उनी स्थापना काल देखि नै वर्ल्डलिंकमा रहेका छन्। 

सीडीसी ग्रुपबाट सञ्चालक समितिमा वैष्णवी सुर्यनारायण प्रतिनिधी निर्देशक रहेका छन्। 

वर्ल्डलिंकको ग्रुप चिफ फाइनान्ससियल अफिसर सञ्जय कुमार शाह छन् भने केशव नेपाल प्रमुख कार्यकारी अधिकृत रहेका छन्। वर्ल्डलिंकको चिफ टेक्निकल अफिसर समित जंग थिङ छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .