कारोबार


घातक रोगको बीमाबापत एनआईसी एसियाले गर्‍यो ३० लाख रकम भुक्तानी

घातक रोगको बीमाबापत एनआईसी एसियाले गर्‍यो ३० लाख रकम भुक्तानी

नेपालखबर
असार ६, २०७९ सोमबार १७:३८, काठमाडौँ

एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता योजनाअन्तर्गत बैंकमा उक्त बचत खाता खोलेका ३ ग्राहकहरुलाई घातक रोगको बीमाबापत रकम भुक्तानी गरेको छ।  

बैंकले प्रतिव्यक्ति १० लाखको दरले कुल ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो। यसअनुसार बैंकको इलाम शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेकी रेनु देवी चौधरी, कुलेश्वर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘केएमसी एम्बेसडर’ खोलेका पुष्कर सापकोटा र सामाखुसी शाखामा न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता ‘डाइमन्ड’ श्रेणीको खाता खोलेकी बिमला दाहालले प्रतिव्यक्ति १० लाख पाएको बैंकले जनाएको छ। 

उनीहरुलाई बैंकले नेपाल इन्स्योरेन्स तथा नेको इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको जनाएको छ।

बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १ हजार ६० जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमाबापत २ करोड १० लाख, दुर्घटना बीमाबापत ४० लाख र मेडिकल बीमाबापत २ करोड ६१ लाख गरी कुल ५ करोड ११ लाखभन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन्। 

बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहक महानुभावहरू सामू ल्याएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .