राजनीति


गणतन्त्रवादीलाई राप्रपाका सांसदले भने : नआत्तिनुस्, देश तपाईं-हामी मिलेर बनाउने हो

गणतन्त्रवादीलाई राप्रपाका सांसदले भने : नआत्तिनुस्, देश तपाईं-हामी मिलेर बनाउने हो

नेपालखबर
चैत ६, २०८१ बुधबार १३:१९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले राजतन्त्रलाई नआत्तिन गणतन्त्रवादी दलका नेतालाई आग्रह गरेका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो आग्रह गरेका हुन्।  

उनले सडकमा आन्दोलन, सभा गर्दा पूर्वराजाले नरोकेको भन्दै उनले सरकार चलाउनेले ध्यान दिनुपर्ने बताए। 

'गणतन्त्र आएको दुई दशकमा राजाले एकदिन पनि सरकार चलाउनेलाई आन्दोलन वा केही गरेर रोकेको छैन, हस्तक्षेप गरेको छैन। तैपनि किन हो? कसो हो? सबै आत्तिएको जस्तै देख्छु,' उनले भने, 'पूर्वपश्चिम फर्कने पनि एकैतिर फर्केको महसुस गरेँ, त्यति आत्तिनुपर्दैन। नआत्तिनुस्, देश तपाईं हामीले नै मिलेर बनाउने हो।'

सिंहले पूर्वराजाले सरकारलाई बेलाबेलामा सुशास र जनतालाई राहत दिन आग्रह गरेर सन्देश दिएको बताए। तर, सरकारले सुध्रिने लक्षण नदेखिएपछि पजातन्त्र दिवसको अवसरमा राष्ट्र र जनता बचाउन एकपटक साथ दिन भनेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad