कारोबार


ठूला व्यवसायीको लगानीमा कालीगण्डकी गर्ज बन्दै, ६ बैंकले लगानी गर्ने

ठूला व्यवसायीको लगानीमा कालीगण्डकी गर्ज बन्दै, ६ बैंकले लगानी गर्ने

नेपालखबर
फागुन २३, २०८१ शुक्रबार १६:४६, काठमाडौँ

ठूला ३ व्यवसायीको लगानीमा १८० मेगावाटको हाइड्रो बन्ने भएको छ। 

संघई ग्रुप, विशाल ग्रुप र हाइड्रोका ठूला खेलाडी ज्ञानेन्द्रलाल प्रधानको प्रवर्द्धनमा निजी क्षेत्रकै ठूलो आयोजना बन्नलागेको हो। 

कालीगण्डकी गर्ज हाइड्रोपावरले मुस्ताङ तथा म्याग्दी जिल्ला समेटेर आयोजना निर्माण गर्दै छ। 

लक्ष्मी सनराइज बैंक लिमिटेडको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने भएका छन्। आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख छ।

परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ।

 लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ९ अर्ब छ भने सहअगुवा बैंकहरुको रुपमा रहेका ग्लोबल आईएमई बैंकको ७ अर्ब १२ करोड ६० लाख र सिद्धार्थ बैंकको ५ अर्ब छ। 

अन्य सहभागी बैंकहरु हिमालयन बैंकको ३ अर्ब, नेपाल एसबीआई बैंकको ३ अर्ब र एभरेष्ट बैंकको २ अर्ब ५० करोड समेत गरी कुल प्रोजेक्ट फाइनान्स २९ अर्ब ६२ करोड ६० लाख छ।

कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाले २०७५ फागुनमा विद्युत् विकास विभागबाट विद्युत् उत्पादनको अनुमति लिएको थियो भने लिनुका २०७९ फागुनमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ। 

आयोजना जुन २०२९ भित्र निर्माणसम्पन्न भई विद्युत् उत्पादन भइसक्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad