टिमुरे सुक्खा बन्दरगाहको निर्माण कार्य ६५ प्रतिशत काम सकिएको छ।
इन्टरमोडल यातायात विकास समितिले मध्यभोटेकोशी खोलातर्फ र सडकतर्फको रिटेनिङ वालको निर्माण कार्य सम्पन्न भएको जनाएको छ।
सडक निर्माणसँगै कार्गो गोदाम, लिटिगेसन गोदाम र इन्सपेक्सन सेडको निर्माण कार्य ९० प्रतिशत काम सकिएको छ।
प्रशासनिक भवनको आधा काम सकिँदा इलेक्ट्रिकल, सेनिटरी, खानेपानी तथा पेभमेन्टको काम भइरहेको कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।
‘रसुवा सुक्खा बन्दरगाहको बाँकी निर्माण कार्य यही असार २०८२ सम्ममा सम्पन्न भइसक्ने र सुक्खा बन्दरगाह चीन सरकारबाट नेपाल सरकारमार्फत समितिलाई हस्तान्तरण भएपश्चात् सञ्चालनमा ल्याइन्छ’, कार्यकारी निर्देशक आशिष गजुरेलले भने।
चीनसँग सीमा जोडिएको नेपालको उत्तरी नाका रसुवा जिल्लाको टिमुरेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण गर्न २०१४ मा समझदारी भएको थियो।
आयोजनाको कुल लागत १२४ मिलियन आरएमबी छ। करार सम्झौताअनुसार आयोजनाको अवधि जेठ २४ सम्म छ।
सुक्खा बन्दरगाह क्षेत्रमा संयुक्त निरीक्षण सेड, सामान राख्ने गोदाम, लिटिगेसन सेड, क्यान्टिन, प्रशासनिक भवन, ३०० सवारीसाधन अट्ने पार्किङ्ग लगायतका भौतिक संरचनाहरुको निर्माण भइरहेको छ।
Shares

प्रतिक्रिया