सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डअन्तर्गत सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण सुरु भएको छ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले २.५९ किमि लामो सुरुङमार्ग खन्न आधिकारिक रुपमा सुरु गरेको भन्दै चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी)लाई बधाई दिएका छन्।
राजदूत सोङले भनेका छन्, ‘नेपालको दक्षिणी सहरलाई पोखरासँग जोड्ने सुरुङमार्ग पूरा भएसँगै उक्त क्षेत्रमा चट्टानी पहिरोको जोखिम घटाउने र स्थानीय आर्थिक विकासमा योगदान मिल्नेछ।’
सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७८ मा ठेक्का सम्झौता गरेको थियो। कम्पनीले आवश्यक पूर्वतयारीका काम सकेर सुरुङमार्गको ड्रिलिङ सुरु गरेको हो।
— Ambassador Chen Song (@PRCAmbNepal) January 18, 2024#ChinaInAction Siddababa Tunnel Project officially started drilling today. Congratulations to CSCEC. With total length of 2.59km, connecting southern cities of Nepal and Pokhara, its completetion will significantly reduce the life risk of landslide and falling rocks, and make… pic.twitter.com/TCL0kC81OI
Shares
प्रतिक्रिया