जापानी कम्पनी सुजुकीको पहिलो पूर्ण विद्युतीय कार इ–भिटारा नेपालमा आजदेखि सुरु भएको नाडा अटो शोमा प्रदर्शनीमा राखिएको छ।
नेपालका लागि सुजुकी चारपांग्रेको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले इ–भिटारा नाडा अटो शोमा प्रदर्शन गरेको हो।
यही ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने शोमा राखिएको भिटारा साँच्चै बोल्ड लुक्समा देखिएको छ।
सुजुकीको ईभी चढ्ने चाहना राख्नेले खरिदका लागि भने केही समय पर्खिनुपर्नेछ। किनभने इ–भिटाराको नाडामा बुकिङ लिइएको छैन।
मारुती इ–भिटारा भारतमा पहिलो पटक भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा प्रदर्शन गरिएको थियो। तर हालसम्म इ–भिटारा औपचारिक रुपमा सार्वजनिक भने भएको छैन।

भारतमा इ–भिटारा सेप्टेम्बरमा सार्वजनिक गर्ने योजना छ। सुजुकीको नयाँ ईभी दुई ब्याट्री विकल्पमा उपलब्ध छ। ४९ किलोवाट आवरले ४०० किलोमिटर रेन्ज र ६१ किलोवाट आवर क्षमताको ५०० भन्दा बढी रेन्ज प्रदान गर्ने दाबी गरिएको छ। दुवै भेरियन्टले १८९ एनएम टर्क प्रदान गर्छन्।
१८५ एमएम ग्राउन्ड क्लियरेन्स भएको ईभीको लम्बाइ ४२७५ एमएम, चौडाइ १८०० एमएम र उचाइ १६४० एमएम छ।
तस्बिरहरू (सरोज नेपाल)







Shares

प्रतिक्रिया