कारोबार


प्रदेशले ल्याए ३ खर्ब ५ अर्ब २२ करोडको बजेट, कुनको कस्तो?

प्रदेशले ल्याए ३ खर्ब ५ अर्ब २२ करोडको बजेट, कुनको कस्तो?

नेपालखबर
असार २ , काठमाडौँ

आगामी आर्थिक वर्षको लागि सातवटै प्रदेशले बजेट कार्यक्रम सार्वजनिक गरेका छन्। आर्थिक वर्ष सुरु हुनु १ महिनाअघि सातवटै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले बजेट कार्यक्रम प्रदेशसभा बैठकमा सार्वजनिक गरेका हुन्। 

सातवटा प्रदेशले आगामी आवको लागि कुल ३ खर्ब ५ अर्ब २२ करोड रुपैयाँ हाराहारीको बजेट ल्याएका हुन्। त्यसमध्ये सबैभन्दा ठूलो बजेट बागमती प्रदेशले सार्वजनिक गरेको छ।

बागमती प्रदेशको कुल बजेट ७० अर्ब ९३ करोड रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको देखिएको हो। यसको कुल बजेट ३२ अर्ब ६१ अर्ब रहेको छ। यसअनुसार बागमतीको तुलनामा कर्णालीको बजेट आधाभन्दा कम देखिएको हो। 

बागमती : ७० अर्ब ९३ करोड 
बागमती प्रदेशले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको लागि १३ अर्ब बढीको बजेट ल्याएको छ। आगामी आर्थिक वर्षको लागि बागमती सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कटेलले ७० अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरेका हुन्। चालू आर्थिक वर्षको लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार विनियोजन भएकोमा यस वर्ष १३ अर्बले बजेटको आकार बढेको छ। 

प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि विनियोजन भएको ७० अर्ब ९३ करोड रुपैयाँमध्ये चालूतर्फ १९ अर्ब २ करोड १४ लाख रुपैयाँ, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब २३ करोड रुपैयाँ विनियोजन गरेको हो। चालू आवका लागि भने कुल विनियोजनमध्ये चालूतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार, पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र वित्तीय व्यवस्थातर्फ २ अर्ब विनियोजन गरेको थियो। 

बागमतीको बजेट : ७० अर्ब ९३ करोड (पूर्णपाठ)

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमा कर राजस्वबाट २६ अर्ब ५७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड र चालू आर्थिक वर्षको सञ्चित कोषको बचतबाट १६ अर्ब व्यहोरिने आर्थिक मामिलामन्त्री जम्कटेलले बताएका हुन्।

कर्णाली : ३२ अर्ब ६१ करोड 
कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले बुधबार प्रदेशसभा उक्त रकमको बजेट प्रस्तुत गरेका हुन्। विष्टले चालूतर्फ ९ अर्ब १६ करोड ९९ लाख तथा पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार बजेट विनियोजन गरेका हुन्। 

कर्णाली सरकारको बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ)

प्रदेश सरकारले आन्तरिक राजस्वबाट ७१ करोड २९ लाख, चालू आर्थिक वर्षको बजेट खर्च नभई बचत हुने ४ अर्ब ५५ करोड, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने ९ अर्ब २ करोड, वित्तीय सामान्यीकरण अनुदानबाट प्राप्त हुने १० अर्ब ७२ करोड र सशर्त अनुदानबाट प्राप्त हुने ५ अर्ब ६९ करोड परिचालन गर्ने लक्ष्य लिएको छ।

गण्डकी : ३५ अर्ब ९० करोड 
गण्डकी प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाख बजेट विनियोजन गरेको छ। गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गरेका हुन्। 

गण्डकी सरकारको बजेट ३५ अर्ब ९० करोड (पूर्णपाठ)

कुलमध्ये चालूतर्फ १३ अर्ब २६ करोड अर्थात् ३६ प्रतिशत र २२ अर्ब १४ करोड अर्थात् ६१ प्रतिशत छ। वित्तीय व्यवस्थातर्फ ५० करोड अर्थात् १ दशमलव ३९ प्रतिशत छ। स्रोत केन्द्रको अनुदान १६ अर्ब ५४ करोडबाहेक राजस्व बाँडफाँटबाट ९ अर्ब २३ करोड र आन्तरिक राजस्वबाट ५ अर्ब ९ करोड र रोयल्टीबाट ३२ करोड स्रोत ल्याउनेछ।  

मधेश : ४६ अर्ब ८८ करोड  
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि पौने ४७ अर्ब रुपैयाँको बजेट ल्याएको छ। बुधबार प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्र साहले आगामी आर्थिक वर्षको लागि ४६ अर्ब, ८८करोड करोड, ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरे। जसमा चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात ४६ दशमलव ४४ प्रतिशत छ। 

मधेश सरकारले ल्यायो ४६ अर्ब ८८ करोडको बजेट (पूर्णपाठ)

त्यस्तै पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपैयाँ अर्थात् ५३ दशमलव २१ प्रतिशत विनियोजन गरेको छ। र वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार अर्थात् शून्य दशमलव ३५ प्रतिशत विनियोजन गरेको छ।

प्रदेश १ : ३९ अर्ब ७३ करोड 
प्रदेश १ सरकारले आगामी आवको लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको कुल बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा आगामी आवको सरकारी नीति तथा कार्यक्रम कार्यन्वयन गर्न उक्त बजेट विनियोजन गरेका हुन्। 

कुल विनियोजनमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान बचत फिर्तातर्फ २ अर्ब रहेको मन्त्री आङ्बोले बताए।

प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड (पूर्णपाठ)

आगामी आवका लागि अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँटबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च व्यहोरिने उनले बताए। 

बाँकी अपुग रकम नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख तथा वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख व्यहोरिने बजेटमा उल्लेख छ। 

सुदूरपश्चिम : ३६ अर्ब ७४ करोड 
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड बढीको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावलले बुधबार प्रदेश सभामा अगामी आर्थिक वर्षको लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका छन्।

जसमा चालूतर्फ ३३.४६ प्रतिशत अर्थात १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार बजेट विनियोजन गरिएको छ। पँजीगततर्फ ६५.७४ अर्थात् २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार बजेट विनियोजन गरिएको छ। यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ ३.७१ प्रतिशत अर्थात १ अर्ब ३६ करोड ४० लाख र वित्तीय व्यवस्थापनतर्फ ०.८२ प्रतिशत अर्थात ३० करोड बजेट विनियोजन गरिएको छ। 

सुदूरपश्चिमले बढायो बजेटको आकार, ३६ अर्ब ७४ करोड विनियोजन (पूर्णपाठ)

चालू आर्थिक वर्ष २०७८/०७९ भन्दा आगामी आर्थिक वर्षको बजेटको आकार बढेको  छ। आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट ल्याएको थियो। 

लुम्बिनी : ४२ अर्ब ४३ करोड 
लुम्बिनी प्रदेशले ४२ अर्ब ४३ करोड बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले प्रदेश सरकारका आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उक्त बजेट विनियोजन गरेका हुन्। चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ४० अर्ब ९५ करोडको बजेट विनियोजन गरेकोमा यो वष आकार बढाएर विनियोजन गरिएको हो।

लुम्बिनीको बजेट ४२ अर्ब ६३ करोड (पूर्णपाठ)

चालू खर्चतर्फ १३ अर्ब ३२ करोड अर्थात् ३१।२६ प्रतिशत र   पुँजीगत खर्च २४ अर्ब ४७ करोड अर्थात् ५७।५१ प्रतिशत रहने अनुमान गरिएको छ। स्थानीय तहको लागि ४ अर्ब ८३ करोड वित्तिय हस्तान्तरण गर्ने भएको छ। बजेटको ११ प्रतिशत स्थानिय तहमा जाने भएको छ। कुल बजेटमध्ये खर्चको स्रोत तर्फ आन्तरिक राजस्वबाट ३ अर्ब १० करोड, राजस्व बाँडफाँडबाट १५ अर्ब ३५ करोड र रोयल्टीबाट ७० करोड हुने अनुमान गरिएको छ। 

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ८ अर्ब ५४ करोड, सशर्त अनुदानबाट ८ अर्ब ७१ करोड, समपूरक अनुदानबाट ७३ करोड, विशेषअनुदानबाट ४८ करोड छ। चालू आर्थिक वर्षको बचत रकम ४ अर्ब रहने र आन्तरिक ऋण १ अर्ब परिचालन हुने अनुमान गरिएको छ।

असार १, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.