कारोबार


सांग्रिला विकास बैंक नाफामा अब्बल, खराब कर्जा नियन्त्रणमा कमजोर

सांग्रिला विकास बैंक नाफामा अब्बल, खराब कर्जा नियन्त्रणमा कमजोर

नेपालखबर
माघ ११, २०८२ आइतबार १४:१६, काठमाडौँ

चालू आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणमा नाफामा उल्लेख्य वृद्धि गरेको सांग्रिला विकास बैंक खराब कर्जा नियन्त्रणमा भने कमजोर देखिएको छ।

पुस मसान्तसम्म बैंकले कुल ३० करोड २५ लाख बराबरको खुद नाफा गरेको हो। जुन गत वर्षभन्दा ५३.९४ प्रतिशत बढी हो। गत आवको पुस मसान्तसम्म बैंकको यस्ता नाफा १९ करोड ६५ लाख मात्रै थियो।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार पुस मसान्तसम्म खुद ब्याज आम्दानी बढाउनुका साथ सञ्चालनका लागि गर्ने खर्चलाई समेत घटाएर नाफालाई बढाउन सफल देखिएको हो।

पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८ करोड छ। जब कि गत वर्ष सोही अवधिमा ९१ करोड मात्रै थियो। जसअनुसार तुलनात्मक रुपमा यो वर्ष बैंकले १७ करोड रुपैयाँ बढी ब्याज आम्दानी गरेको हो। 

समग्रमा ब्याज, फि तथा कमिसनमार्फत बैंकले ६ महिनामा १ अर्ब २० करोड नाफा गरेको हो जुन गत वर्षको सोही अवधिभन्दा १९ करोडले बढी हो। गत वर्ष उक्त शीर्षकमा बैंकको आम्दानी १ अर्ब २ करोड मात्रै थियो।

यस्तै बैंकले सञ्चालन खर्च घटाउँदै सञ्चाल आय भने बढाएको छ। गत वर्ष पुस मसान्तमा ४ करोड मात्रै सञ्चालन आय गरेको बैंकले चालू आवको सोही अवधिमा यस्तो आय बढाएर १ अर्ब ८ करोडमा पु¥याएको देखिन्छ। 

यसले गर्दा बैंकको सञ्चालन नाफा बढेर ४५ करोड पुगेको देखिन्छ। जब कि गत वर्ष यस्तो नाफा २ करोड मात्रै थियो।

बैंकले ऋण असुली, सुस्त कर्जा प्रवाह र खराब कर्जाको समस्या झेलिरहँदा पनि आफ्नो वित्तीय खर्चहरुलाई घटाएर नाफालाई बढाउन सफल देखिएको हो।

विशेषगरी आन्तरिक खर्च कटौतीमा लागेर नाफालाई गत वर्षभन्दा बढाउन सफल बनेको खराब कर्जालाई नियन्त्रण गर्न भने चुकेको देखिन्छ।

किनभने गत वर्ष कुल कर्जाको ४.९९ प्रतिशत कर्जा खराब रहेकोमा चालू आवको ६ महिनामा बैंकसँग यस्ता खराब कर्जा कुल कर्जाको ६.९७ प्रतिशत देखिन्छ। तर राष्ट्र बैंकले कर्जा वर्गीकरणमा लचक नीति लिएपछि बैंकहरुको कर्जा नोक्सानीका लागि राख्ने रकम (प्रोभिजन) घटेको थियो। जसको सांग्रिला विकास बैंकको खराब कर्जा बढे पनि कर्जा नोक्सानी व्यवस्थापनमा राख्ने रकम भने गत वर्षको जस्तो धेरै देखिँदैन। 

गत वर्ष खराब कर्जा व्यवस्थापन कोषमा बैंकले २० करोड बराबरको रकम राखेकोमा चालू आवका पुस मसान्तसम्म जम्मा १७ करोड मात्रै राखेको छ। 

गत वर्ष बैंकले कुल कर्जामा ५.२ प्रतिशत रकम कर्जा नोक्सानी व्यवस्थापनका लागि कोषमा राख्नुपरेको थियो। चालू आवमा खराब कर्जा बढे पनि बैंकले कुल कर्जाको ७२.७४ प्रतिशत मात्रै कोषमा राखेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad