नेपाल राष्ट्र बैंकले बुधबार ६३ दिने निक्षेप संकलन गर्ने भएको छ।
बैंकले ६० अर्ब बराबरको निक्षेप संकलन गर्न लागेको हो।
बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा पर्याप्त कर्जा लगानी हुन नसक्दा करिब ७ खर्ब बराबरको तरलतामा यथावत रहेपछि राष्ट्र बैंकले छोटो अवधिका लागि तरलता व्यवस्थापन गर्न मौद्रिक उपकरण प्रयोगमा ल्याउँदै आएको छ।
यसअनुसार बुधबार बैंकले ६० अर्ब खिच्न लागेको हो।
बोलकबोलमार्फत निक्षेप संकलन गरेपछि बैंकहरु संकलित निक्षेपलाई बोलबोलमा निर्धातिर ब्याजदर सहित भदौ १८ गते निक्षेपकर्तालाई उक्त रकम फिर्ता गर्ने छ। हाल यस्तो निक्षेप संकलन गर्दाको ब्याजदर २.९९ प्रतिशतमा रहँदै आएको छ।
108
Shares

प्रतिक्रिया