कारोबार


नबिलको नाफामा छलाङ, लगानीकर्तालाई २ अर्ब बढी बाँड्ने क्षमता

नबिलको नाफामा छलाङ, लगानीकर्तालाई २ अर्ब बढी बाँड्ने क्षमता

नेपालखबर
बैशाख ७, २०८२ आइतबार १२:७, काठमाडौँ

नबिल बैंकको नाफामा उल्लेख्य वृद्धि भएको छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्म ४ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले चालू आवको सोही अवधिमा ५ अर्ब ५ करोड रुपैयाँको खुद नाफा कमाएको हो। 

गत वर्षको त्रैमासिकको तुलनामा चालू आवको त्रैमासिकमा बैंकले खुद नाफा ३९ करोड रुपैयाँले नाफा बढाएको हो। 

बैंकले चैतसम्म १२ अर्ब ५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ब्याज आम्दानी शीर्षकमा १२ अर्ब ५५ करोड रुपैयाँ कमाएको थियो। 

यो अवधिमा बैंकको ब्याज आम्दानी भने ५० करोडले घटेको हो। 

यो अवधिमा बैंकले खुद सञ्चालन आम्दानी बढाएको छ। गत वर्षको चैतमा १२ अर्ब सञ्चालन आम्दानी गरेको बैंकले चालू आवको सोही अवधिमा १३ अर्ब रुपैयाँ बराबरको आम्दानी गरेको हो। 

यस्तै सञ्चालन नाफा पनि यो वर्ष बढेको छ। गत वर्षको चैतमा बैंकको सञ्चालन नाफा ६ अर्ब ६८ करोड रहेकोमा चालू आवमा बढेर ७ अर्ब १३ करोड रुपैयाँमा पुगेको छ।  

नाफामा छलाङ मारेको बैंकको प्रतिसेयर आम्दानी भने २५ रुपैयाँ ५ पैसा छ। यस्तै तेस्रो त्रैमासिकम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड रुपैयाँ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad