नेपाल बैंकर्स संघको अध्यक्षमा सहमति जुटेको छ।
पुस ३ गते हुने बैंकको साधारणसभामा नयाँ कार्यसमिति गठन हुने कार्यक्रमसहित दुई जनाले संघको अध्यक्षमा उमेदवारी दिएका थिए।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उम्मेदवारी दिए पनि शेरचन पछाडि हटेपछि कोइराला अध्यक्ष बन्ने पक्का भएको हो।
संघका पूर्वअध्यक्ष तथा वर्तमान अध्यक्षको संयुक्त प्रयासमा आज गरिएको छलफलमा शेरचनलाई उमेदवारी फिर्ता लिन सहमत गराइएको थियो। जसअनुसार शेरचनले आजै उम्मेदवारी फिर्ता लिएका छन्।
कोइराला संघका वर्तमान उपाध्यक्ष हुन्।
195
Shares

प्रतिक्रिया