कारोबार


कात्तिकका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति?

कात्तिकका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति?

नेपालखबर
असोज ३०, २०८१ बुधबार १२:२५, काठमाडौँ

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। 

असोज महिनाको तुलनामा कात्तिकका लागि वाणिज्य बैंकहरुले औसत ब्याजदर ०.२१ प्रतिशतले घटाएका हुन्। 

कात्तिक महिनाका लागि निक्षेपमा १० वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदा ९ वाणिज्य बैंकहरुले भने ब्याजदरलाई परिवर्तन गरेका छैनन्। 

सानिमा बैंकले भने व्यक्तिगततर्फ ब्याजदर बढाउँदा संस्थापकतर्फको पुरानै ब्याजदर कायम गरेको छ। 

यो वर्ष सबैभन्दा धेरै माछापुच्छ्रे बैंकले ७ प्रतिशत ब्याज दिँदा सबैभन्दा थोरै कृषि विकास बैंकले ५.७ प्रतिशत ब्याज दिने भएको छ। 

यस्तो छ यो वर्ष वाणिज्य बैंकहरुको ब्याजदर 
सिटिजन्स बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याज दिँदा हिमालयन बैंकले व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ। 

यस्तै लक्ष्मी सनराइजले व्यक्तिगततर्फ ६ प्रतिशत दिँदा संस्थागततर्फ ५ प्रतिशत र सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत दिँदा व्यक्तिगततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको हो। 

नबिल बैंकले भने व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गर्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ६.५ र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर तोकेको छ। 

यस्तै कृषि विकास बैंकले पनि व्यक्तिगततर्फ ५.७५ र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर कायम गर्दा प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याज कायम गरेको छ। 

यता राष्ट्रिय वाणिज्य बैंकले भने व्यक्तिगततर्फ ५.८ प्रतिशत र संस्थापकतर्फ ५ प्रतिशत ब्याज दिँदा एनआईसी एसियाले भने व्यक्तिगततर्फ ६.९९ प्रतिशत र संस्थागततर्फ ५.९९ प्रतिशत ब्याज दिने भएको हो। 

नेपाल बैंकले, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन्। 

सानिमा बैंकले भने व्यक्तिगततर्फ ०.२५ प्रतिशतले बढाएर ६.१५ प्रतिशत ब्याजदर कायम गरेको छ भने संस्थागततर्फ पुरानै दरलाई कायम गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad