हङकङले सुनको अन्तर्राष्ट्रिय व्यापारिक बजार निर्माण गर्ने

हङकङले सुनको अन्तर्राष्ट्रिय व्यापारिक बजार निर्माण गर्ने

नेपालखबर
असोज ३०, २०८१ बुधबार १२:३०, हङकङ

हङकङलाई सुनको अन्तर्राष्ट्रिय व्यापारिक बजार बनाउने प्रमुख कार्यकारी जोन लीले घोषणा गरेका छन्।

बुधबार नीति सम्बोधनमा बोल्ने क्रममा लीले एसएआरले सहरको सुरक्षा र स्थायित्वको ख्याल गर्दै सुनको अन्तर्राष्ट्रिय व्यापारिक बजार निर्माण गर्ने बताएका हुन्।

मात्राको आधारमा हङकङ सुनको लागि विश्वको ठूलो आयात तथा निर्यात बजारमा पर्ने बताउँदै प्रमुख लीले बढ्दो जटिल भूराजनीतिको बीचमा सुनको भण्डारण, थप व्यापार तथा डेलिभरी गतिविधिलाई चलायमान बनाउँदै सहरलाई सुनको व्यापारिक केन्द्र बनाउने घोषणा गरेका हुन्।

यसले लेनदेन, बीमा, भण्डारण, व्यापार तथा रसद सेवाका उद्योगको विकासलाई समेत प्रोत्साहित गर्ने उनले बताए।

यसका साथै, सरकारले विश्वस्तरीय सुन भण्डारण सुविधाको विकास, हङकङका प्रयोगकर्ता तथा लगानीकर्तालाई स्पट सुनको भण्डारण तथा वितरणमा सहजीकरण, धितो र ऋण व्यवसाय जस्ता सम्बन्धित सेवाको मागमा बढोत्तरी एवं वित्तीय क्षेत्रमा विकासका नयाँ क्षेत्र खोल्ने पनि लीले बताए।

उनका अनुसार यसका लागि वित्तीय सेवा तथा ट्रेजरी ब्युरो (एफएसटीबी)ले अन्तर्राष्ट्रिय सुन व्यापार कन्द्रको स्थापनालाई अगाडि बढाउन कार्यदल गठन गर्नेछ।

यसमा अन्य चिजहरू जस्तै, व्यापारिक संयन्त्र र नियामक ढाँचालाई सुदृढ, अत्याधुनिक वित्तीय प्रविधिको प्रयोगलाई प्रवद्र्धन र मुख्यभूमिका अधिकारीसँग आपसी बजार पहुँचमा सुनसम्बन्धी उत्पादनहरू समावेश जस्ता कार्यक्रम समावेश हुनेछन्। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .