कारोबार


बागमतीको नीति तथा कार्यक्रम बहुमतले पारित

बागमतीको नीति तथा कार्यक्रम बहुमतले पारित

सुनिता विष्ट
जेठ १९, २०८३ मंगलबार १९:२, हेटौंडा

बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। 

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले जेठ १२ गते बागमती प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सोमबार नीति तथा कार्यक्रममा छलफल सुरु भएको थियो भने आज बहुतले पारित भएको हो। 

प्रदेश सभामा रहेका ६ दलका ४७ जना सांसदले नीति तथा कार्यक्रममाथि आफ्नो धारण राखेका थिए। सोमबार आठ जना र आज ३५ जना सांसदले नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएका हुन्। 

नीति तथा कार्यक्रममाथि चार सांसदले संशोधन प्रस्ताव दर्ता गराएका थिए। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सचेतक रत्नप्रसाद ढकाल, सांसद युवराज चौलागाई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की लक्ष्मी घिमिरे र नेकपाकी सांसद सुष्पा भुजेलले नीति कार्यक्रमको संसोधन गर्न प्रस्ताव पेश गरेका थिए। 

उनीहरूले पेश गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएको बागमती प्रदेश सभाका प्रवक्ता प्रकाश चापागाईले जानकारी दिए। नीति तथा कार्यक्रमको छलफलका क्रममा सांसदले सरकाले नीति कार्यक्रममा भएका शीर्षकप्रति आपत्ति जनाएका थिए। 

सरकारले ल्याएको नीति कार्यक्रमकै आधारलाई टेकेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न समेत सुझाव दिइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad