कारोबार


चितवनमा १० जातका आलुको अध्ययन गरिँदै

चितवनमा १० जातका आलुको अध्ययन गरिँदै

फाइल तस्बिर


नेपालखबर
कात्तिक २६, २०८१ सोमबार १०:३४, चितवन

चितवनमा आलुका जातको अध्ययन सुरु भएको छ। जिल्ला कृषि विकास कार्यालय चितवनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत धान, मकै र आलुको उन्नत जात तथा स्वदेशी हाइब्रिड जात, जातिको अध्ययन परीक्षण तथा प्रविधि अनुसरण कार्यक्रमअन्तर्गत आलुका जातहरूको अध्ययन शुरु गरिएको हो।  

कार्यालयका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार कृषकलाई अनुदानको कार्यक्रम गर्दै आएको कार्यालयले यो वर्ष अध्ययन  कार्यक्रम गरिएको हो। विभिन्न १० प्रकारका आलुको अध्ययन शुरु गरेको उनले जानकारी दिइन्। ०.५२, २५.७, एल्बर स्टोन रसेट, क्यामेन, स्यागिटा, क्युन्टेरा, इनोभेटरलगायतका जातको अध्ययन परीक्षण थालिएको हो । यस्तै फ्राइसोना, सन्ताना र स्थानीय नीलो जातको आलुको अध्ययन गर्न लागिएको उनले बताइन्।

उनका अनुसार अहिले जातीय परीक्षण तथा औद्योगिक आलुको बारेमा अध्ययन शुरु गरिएको छ। औद्योगिक आलुका रुपमा फ्रेन्चफ्राइ, चिप्सजस्ता वस्तु उत्पादनका लागि आलु चितवनमा उत्पादन गर्न सकिन्छ की सकिँदैन भन्ने अध्ययन थालिएको हो। एउटा जातको २५ किलो आलुका दरले कृषक र रामपुर कृषि क्याम्पस खैरहनीमा अध्ययन थालिएको हो। 

खैरहनी नगरपालिकाका वडा नम्बर १० कठारका कृषकको बारीमा आलु लगाइसकिएको छ भने क्याम्पसमा केही दिनमा लगाउने तयारी गरिएको छ। किसानले लगाउँदै आइरहेका आलुको भन्दा परीक्षणस्वरूप लगाइएका आलुको उत्पादन, आकार, लोकप्रियता, स्वाद, रोग किराको आक्रमण, बिक्री वितरणमा सहजतालगायतका विषयमा अध्ययन गरिने त्रिपाठीले बताइन्।

कार्यालयका प्रमुख झलकनाथ कँडेलले आलुको उत्पादन क्षमता हेरेर कुन आलुलाई यस क्षेत्रमा लगाउँदा उत्पादन सफल भएमा स्थानीय कच्चा पदार्थको प्रयोगले उत्पादन बढाएर व्यावसायिक आलु खेतीमा कृषकलाई लगाउन मद्दत पुग्ने बताए। 

जिल्लामा गत आर्थिक वर्षमा एक हजार ९९० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकोमा ४९ हजार ६७६ मेट्रिक टन उत्पादन भएको उनले जानकारी दिए। क्षेत्रफल र उत्पादन बढाउन यो प्रयोग फलदायी हुने विश्वास उनले व्यक्त गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad