कारोबार


भृकुटीमण्डपमा सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’, मल्टी-ब्रान्ड ईभी शोकेस गरिने

३.९९ लाख डाउनपेमेन्टदेखि १२ लाखसम्मका बेनिफिट्ससम्म
भृकुटीमण्डपमा सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’, मल्टी-ब्रान्ड ईभी शोकेस गरिने

नेपालखबर
जेठ ५, २०८३ मंगलबार १८:२४, काठमाडौँ

सीजी मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ आयोजना गर्ने भएको छ।

नेपालमा विद्युतीय सवारीसाधनको बजारलाई थप विस्तार गर्ने उद्देश्यले कार्निभल आयोजना गर्न लागिएको हो।

कार्यक्रम वि.सं. २०८३ जेठ ६ गतेदेखि जेठ ११ गतेसम्म ६ दिन सञ्चालन हुनेछ।

नेपालमा अग्रणी विद्युतीय मोबिलिटी ब्रान्डहरूको आधिकारिक वितरकका रूपमा स्थापित सीजी मोटर्सले आयोजना गर्न लागेको यस कार्निभलमा ग्राहकहरूले एकै स्थानमा विभिन्न प्रिमियम ईभी ब्रान्ड तथा नयाँ प्रविधियुक्त सवारीसाधन अवलोकन गर्न पाउनेछन्। कार्यक्रममा रिडारा, दायुन, जीएसी आयन, एक्सपेङ तथा किङलङका १४ सिटर र १६ सिटर ब्लेड ब्याट्री मोडलहरू प्रदर्शनीमा राखिनेछन्।

व्यक्तिगत प्रयोगदेखि व्यावसायिक तथा फ्लीट सञ्चालनसम्मका आवश्यकतालाई लक्षित गर्दै आयोजना गर्न लागिएको यस मेलामा सहभागी ब्रान्डहरूमा विशेष अफर, आकर्षक एक्सचेन्ज सुविधा, सवारी मूल्यांकनमा विशेष लाभ, सहज फाइनान्सिङ सहयोग तथा कार्यक्रम अवधिभर लागू हुने विशेष स्वामित्व प्याकेजहरू उपलब्ध हुने सीजी मोटर्सले जनाएको छ।

विद्युतीय सवारीसाधन खरिद गर्ने योजना बनाएका ग्राहक, अटोमोबाइलप्रेमी, व्यवसायी, फ्लीट अपरेटर तथा सार्वजनिक तथा व्यावसायिक यातायातमा ईभी अपनाउन चाहनेहरूका लागि यो कार्निभल उपयोगी हुने अपेक्षा गरिएको छ।

सीजी मोटर्सका अनुसार, यो कार्यक्रम केवल सवारी प्रदर्शनी मात्र नभई नेपालमा दिगो, प्रविधिमैत्री र वातावरणमैत्री यातायाततर्फको रुपान्तरणलाई गति दिने प्रयास पनि हो।

एउटै प्लेटफर्ममा विभिन्न ईभी ब्रान्ड, खरिद सुविधा र एक्सचेन्ज अवसर उपलब्ध गराएर ग्राहकहरूलाई ईभी अपनाउने निर्णय अझ सहज बनाउन कार्निभल केन्द्रित रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad