मध्यम आकार (२५०–७५० सीसीमा)को मोटरसाइकल समूह रोयल इन्फिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर मोडल हन्टर ३५० को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक भएको छ।
विश्वका प्रख्यात सहरका ‘कुल’ जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन तथा सहज एर्गोनोमिक डिजाइनसहितको यस बीएस६ नयाँ हन्टर ३५०, २०२५ संस्करण कम्पनीले सोमबार काठमाडौंमा प्रस्तुत गरेको हो।
कम्पनीका अनुसार नयाँ हन्टर ३५० मा रियो ह्वाइट, टोक्यो ब्ल्याक, लन्डन रेड र ग्राफाइट ग्रे गरी चार ‘स्ट्रिट–इन्स्पायर्ड’ रङ उपलब्ध छन्। कम्पनीका अनुसार यीमध्ये तीन रङ विश्वका सांस्कृतिक पहिचान सम्बन्धी प्रतीकहरूबाट सिर्जित अवधारणामा आधारित छन् — रियोका सेता तट, लन्डनका राताका ‘ब्रिक लेन’ र टोक्योका रातो–कालो सहरी सडकका ग्राफाइट ग्रेले मोटरसाइकललाई ‘स्टेल्थ’ लुक र दमदार उपस्थिति प्रदान गर्ने दाबी गरिएको छ।
यस संस्करणमा स्लिप असिस्ट क्लच जडान गरिएको छ, जुन कम्पनीको ३५०–सीसी मोडलमा पहिलोपटक प्रयोग भएको सुविधा हो। साथै, परिमार्जित पछाडिको सस्पेन्सन, बढेर १६० एमएम ग्राउन्ड क्लियरेन्स, सुधारिएको सिट, डुअल च्यानल एबीएस, एलईडी हेडल्याम्प तथा एर्गोनोमिक डिजाइनले समग्र सवारी अनुभव सहज बनाउने र ट्रिप नेभिगेटर अप्सनको रुपमा थप गरिएको छ।


हन्टर ३५० मा प्रयोग गरिएको ३४९ सीसी जे-शृंखलाका इन्जिनले सहरी सडकको दैनिकीमा चुस्ती र सहजता प्रदान गर्ने दाबी गरिएको छ। सन् २०२२ मा पहिलोपटक बजारमा आएको यो मोडलले हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडर जोडिसकेको कम्पनीले जनाएको छ।
रोयल इन्फिल्डका प्रमुख कमर्सियल अधिकृत यादविन्दर सिंह गुलेरियाले भने, “नेपालमा मोटरसाइकल दैनिकीसँगै जीवनशैलीकै हिस्सा बनेको छ। युवा पुस्ताको ऊर्जा र शहरी गतिलाई ध्यानमा राखेर हामीले नयाँ हन्टर ३५० ल्याएका हौँ। यो नेपालका जीवन्त शहरी सडकका लागि पूर्णतः उपयुक्त मोडेल हो।”

नयाँ हन्टर ३५० को नेपाली बजार मूल्य सिंगल टोन : रियो ह्वाइट, ड्यापर ग्रे र ग्राफाइट ग्रेको ४ लाख ९४ हजार ९ सय रुपैयाँ र डुअल टोन : टोक्यो ब्ल्याक, लन्डन रेड र रेबेल ब्लूको ४ लाख ९९ हजार ९ सय रुपैयाँ छ। कम्पनीले देशभरका आफ्ना शोरुममा बुकिङ र टेस्ट–राइड खुला रहेको जनाएको छ।

Shares

प्रतिक्रिया