ईभी ब्रान्ड जिली ईएक्स५ले नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको कम्पनीले दाबी गरेको छ।
सार्वजनिक भएको केवल दुई महिनामै जिली ईएक्स५ म्याक्स र ईएक्स५ प्रोका गैरीधारास्थित शोरूममा ग्राहक तथा उपभोक्ताहरुको भीड लागिरहेको र गाडीको टेस्ट ड्राइभ, बुकिङ र खरिदमा उल्लेखनीय वृद्धि भएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार यसले नेपाली उपभोक्ताहरुको विश्वप्रसिद्ध अटोमोबाइल ब्रान्ड जिली अटोमोबाइल ग्रुपप्रतिको विश्वासलाई झल्काएको छ।
काठमाडौंलगायत पोखरा र विराटनगरसम्मका उत्साही ग्राहकहरू गैरीधारा, शोरूममा स्वस्फूर्तरुपमा आएर जिली ईएक्स५ लाई प्रत्यक्ष रूपमा अनुभव गर्दा ईएक्स५ मोडलका स्मार्ट, आकर्षक र वातावरणमैत्री एसयूभी देखेर चकित परेका छन्, जसले विद्युतीय सवारी साधनको परिभाषा नै पुनर्लेखन गरिरहेको छ।
‘हामीले सोचेभन्दा निकै राम्रो प्रतिक्रिया पाएका छौँ’, एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले भने, ‘शोरूम बाहिर लाइन लागेका दृश्यहरू, रेकर्ड संख्यामा टेस्ट ड्राइभ दर्ता— यी सबैले देखाउँछ कि नेपालीहरू जिलीको ‘स्मार्ट र दिगो मोबिलिटी’ को दृष्टिकोणसँग गहिरो रूपमा जोडिएका छन्।’
उनका अनुसार, टेस्ट ड्राइभमा सहभागी ग्राहकहरूले ईएक्स५को स्मूथ परफर्मेन्स र भविष्यकेन्द्रित डिजाइनको प्रशंसा गर्दै यसलाई ‘नेपालले कुरिरहेको ईभी’को संज्ञा दिएका छन्।
एलआरआर मोटर्सले हाल फोन र सामाजिक सञ्जालमार्फत परिवार, युवा, व्यवसायी, पेसाकर्मी र ईभी पारखीहरूबाट अत्यधिक सोधपुछ र रुचि प्राप्त गरेको छ। धेरै ग्राहकहरूले ईएक्स५ को रेंन्ज, विश्वसनीयता र आधुनिक सुविधाप्रति विश्वास व्यक्त गर्दै यसलाई २०२५ को सबैभन्दा चर्चित विद्युतीय एसयूभीमध्ये एकको उपमा दिएका छन्।
‘जिली ईएक्स५ प्रगतिशील सोच र आत्मविश्वासको प्रतीक हो’, एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले भने, ‘हामीले पाएको जिली ईएक्स५प्रतिको उत्साह र स्वीकार्यताले नेपाली उपभोक्ताहरुले उनीहरू जिली ग्रुपको गौरवपूर्ण इतिहाससँगै परिवर्तनको नेतृत्व गर्न उत्साहित रहेको देखाएको छ।’
उच्च मागका कारण, एलआरआर मोटर्सले शोरूम समय विस्तार र थप टेस्ट ड्राइभको समय बढाएको घोषणा गरेको छ। हाल गैरिधारास्थित शोरूम बिहान ९ बजे देखि साँझ ८ बजेसम्म सञ्चालनमा छ, साथै शनिवार र सार्वजनिक बिदामा पनि खुला रहेको बताइएको छ।
यो उत्साहलाई थप उचाइमा पु¥याउन, एलआरआर मोटर्सले आफ्ना ग्राहकहरूका लागि विशेष फेस्टिभ अफरहरू घोषणा गरेको छ। अफरअन्तर्गत नयाँ खरिदकर्ताहरूले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, सजिलो फाइनान्स सुविधा, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, थप बोनस र उपहार प्याक लगायतका लाभ प्राप्त गर्न सक्नेछन्।
Shares

प्रतिक्रिया