समाज


सम्मानजनक तलव र जोखिम भत्ताको माग गर्दै मणिपाल अस्पतालका नर्स आन्दोलित

सम्मानजनक तलव र जोखिम भत्ताको माग गर्दै मणिपाल अस्पतालका नर्स आन्दोलित

नेपालखबर
असोज २७, २०८२ सोमबार १७:३१, काठमाडौँ

पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरू सम्मानजनक तलव सुविधाको माग राख्दै आन्दोलित भएका छन्।

सरकारी मापदण्डभन्दा कम तलबभत्ता, जोखिमभत्ता नपाएको तथा अपमानजनक व्यवहार भोग्नुपरेको भन्दै उनीहरु आन्दोलित भएका हुन्। मणिपाल शिक्षण अस्पतालमा काम गर्ने नर्सहरुको तलव १५ देखि २० हजार रुपैयाँ मात्रै तलवभत्ता पाउने गरेका छन्। 

जुन सरकारी मापदण्ड (पाँचौँ) तहको ३४ हजार ७ सय ३० रुपैयाँ भन्दा निकै कम हो। अतिरिक्त समयको भत्ता र अन्य सुविधा समेत नपाएको उनीहरुको गुनासो छ। 

विगत दुई हप्तादेखि आन्दोलनरत नर्सहरु ‘हामी नर्स हौं, मेसिन होइनौँ, १५ हजारमा गुजारा चल्दैन’ लगायतका नारा लेखिएको प्लेबोर्डसहित आन्दोलरत छन्। 

मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्स पूजा फगामीले तलब र सुविधाको विषयमा पटक-पटक अस्पताल प्रशासनसँग माग रोखको भएपनि कुनै सुनुवाई नभएको गुनासो गरिन्। बिरामीहरुको असुविधाको लागि माफी माग्दै उहाँले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने उनको अडान छ। 

उनले भनिन्, ‘हामीले रहरले आन्दोलन गरेका होइनौं। कतिधेरै बिरामीहरु अस्पताल आएर फर्किरहनु भएको छ। तर अस्पताल प्रशासनले हाम्रो मागको सुनुवाई नै गरेको छैन। हामी सन्तुष्ट नै छैनौं। हाम्रो तलबभत्ता र हाम्रो मेहेनतलाई नै अस्पतालले नजरअन्दाज नगरोस् भन्ने हाम्रो चाहाना हो।’


नर्सहरूले सम्मानजनक तलव, जोखिम भत्ता, ओभरटाइम सुविधा र बिदा दिनुपर्ने उनको माग छ। यता अस्पताल स्रोतले भने तत्काल नर्स तथा स्वास्थ्य कर्मचारीको तलब पुनरावलोकन गर्ने अवस्था नरहेको बतायो।

‘नर्सहरुलाई पाँचौं तहका कर्मचारी सरहको तलबभत्ता दिनु त राम्रो पक्ष हो, तर अहिले अस्पतालको जुन अस्पताल छ यसको कारणले आजकै दिनमा हामीले नर्समात्रै होइन कुनैपनि स्वास्थ्य कर्मचारीको तलब रिभाइज गर्न सकिने अवस्था छैन,’ अस्पताल स्रोतले भन्यो, ‘तर पनि हामीले अहिले प्रदेशभरको सबैभन्दा बेस्ट सेलरी अफर गरेका छौं। उहाँहरुलाई कसरी राम्रोभन्दा राम्रो सेवा दिएर अघि बढ्ने भन्ने कोशिसमै रहेका छौं।’


नर्सहरुलाई राम्रो सेवासुविधा दिएर मुलुकमै काम गर्ने वातावरण निर्माण अस्पताल सधैं प्रतिवद्ध भएर लागिपरेको उनको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad