सिएफमोटो र जिहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले आफ्नो प्रिमियम टु–ह्विलर ईभी जीहो गरिद गर्ने ग्राहकका लागि फेस्टिभ अफर ल्याएको छ ।
उक्त अफरअन्तर्गत कम्पनीले जिहो एई८ मोडलको नगद खरिदमा ५० हजार नगद छुट दिने जनाएको छ । ४ लाख ९९ हजार ९०० रुपैयाँ पर्ने सो स्कुटरलाई सिमित अवधीका लागि ४ लाख ४९ हजार ९०० रुपैयाँमा बिक्री गरिने कम्पनीको भनाई छ । साथै बम्पर उपहारमा एकजना भाग्यशाली बिजेतालाइै बाली भ्रमणको अवसर समेत प्रदान गरिनेछ ।
प्रिमियम ईभी ब्रान्डका रुपमा परिचित जीहो स्कुटरमा मोडल अनुसार फरकफरक विशेषता रहेका छन् । जसअन्तर्गत एई८ मा ६९ भोल्ट ३२ एम्पियर आवरको ब्लेड कम्प्याक्ट डुअल ब्याट्री र १२.५ किलोवाट क्षमताको लिक्विड कुल्ड मोटर जडान गरिएको छ ।
४ घन्टामा फुल चार्ज गर्न सकिने यस स्कुटले १६० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । स्कुटरलाई १०० किलोमिटर भन्दा बढि प्रति घन्टाको स्पिडमा हाँक्न सकिन्छ ।
जीहो ब्रान्डका स्कुटरको बिक्री र बिक्री पछिको सेवालाई सहज बनाउन ऋषि ट्रेड सेन्टरले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शोरुम र सर्भिस सेन्टर विस्तार गरेको छ । कम्पनीले हाल, नक्साल, झम्सिखेल र सल्लाघारीमा शोरुम सञ्चलान गरिरहेको छ भने कालोपुल र सल्लाघारीमा सर्भिस सेन्टर स्थापना गरेको छ ।
Shares

प्रतिक्रिया