कारोबार


सीएफमोटो बाइकमा नगद छुटसहित फाइनान्स सुविधा र बाली भ्रमणको अवसर

सीएफमोटो बाइकमा नगद छुटसहित फाइनान्स सुविधा र बाली भ्रमणको अवसर

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १८:३१, काठमाडौँ

सीएफमोटोको नेपालका लागि आधिकारिक बितरक ऋषि ट्रेड सेन्टरले फेस्टिभ अफर सार्वजनिक गरेको छ।

कम्पनीले बिक्री गर्दै आइरहेको सीएफमोटोको प्रिमियम मोटरसाइकल एनके २५०, एनके ३०० र एमटी ४५० मोडलमा छुट्टा छुट्टै फेस्टिभ अफर दिइएको छ।

अफरअन्तर्गत सीएफमोटोको एनके २५० मोटरसाइकल खरिद गर्दा ३५ हजार नगद छुट र एक्स्चेन्जमा ४५ हजारसम्मको एक्स्चेन्ज बोनस पाइने जनाएको छ। त्यसैगरी, ५० प्रतिशत डाउनपेमेन्ट गर्दा शून्य प्रतिशत ब्याजदरको सुुबिधा पाइने छ भने ४० प्रतिशत डाउनपेमेन्टमा १५ हजार नगद छुट पाइने बताइएको छ।

कम्पनीले एनके ३०० मोडलको खरिदमा एमटी कम्पनीको प्रिमियम हेल्मेट र सीएफमोटोको लोगो भएको एउटा हुडी प्रदान गर्ने जनाएको छ। साथै, एमटी ४५० को खरिदमा कम्पनीले १ वर्षमा ५ वटा फ्री राइड प्लान गराउने र एउटा एमटी हेल्मेट दिने छ।

यसका अलावा बम्पर लक्की ड्र उपहारका रूपमा कम्पनीले भाग्यशाली ग्राहकलाई ४ रात ५ दिनका लागि बाली ट्रिप लाने बताएको छ। यो बम्पर अफर भने तीनवटै मोडलमा लागू हुनेछ।

मोटरसाइकल उत्पादनमा ३५ वर्ष अनुवभ बटुलेको सीएफमोटोका उत्पादन विगत ८ वर्षयता नेपाली बजारमा उपलब्ध रहँदै आएको छ। सन् २०२२ देखि रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले कारोबार थालेपछि कम्पनीले विक्रीपछिको सेवालाई गुणस्तरिय बनाउँदै लगेको छ।

सीएफमोटोले हाल नेपाली बजारमा २५० एनके, ३०० एनके, ४५० एनके, ४५० एसआर र ४५० एमटी गरी कुल ५ वटा मोडल उपलब्ध गराएको छ। यीमध्ये, गत वर्ष लन्च भएको ४५० एमटी, प्रिमियम एड्भेन्चर सेग्मेन्टमा सर्वाधिक लोकप्रिय मोडलका रुपमा स्थापित भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad