कारोबार


नाडामा टाटाका यी ईभीहरू, खरिद गर्नेका लागि यस्ता अफर

नाडामा टाटाका यी ईभीहरू, खरिद गर्नेका लागि यस्ता अफर

नेपालखबर
भदौ ४, २०८२ बुधबार १२:४२, काठमाडौँ

टाटा मोटर्सले यस वर्षको नाडा अटो शोमा आफ्नो विद्युतीय सवारीसाधनहरूको नवीनतम शृंखला प्रस्तुत गरेको छ।

अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिसँगको साझेदारीमा टाटाले टियागो ईभीको नयाँ एरिजोना ब्लु रंग पहिलोपटक सार्वजनिक गरेको छ।

यस वर्षको अटो शोमा प्रदर्शित प्रमुख ईभी मोडलहरूमा कर्भ ईभी, नेक्सन के३, पन्च र टियागो ईभी छन्। यी मोडलहरूले बोल्ड डिजाइन, उत्कृष्ट लूक्स र भविष्य–मैत्री प्रविधिको संयोजनमार्फत ग्राहकलाई नयाँ अनुभव दिने कम्पनीको दाबी छ।

यसै अवसरमा टाटाले ग्राहकका लागि विशेष अफरहरू ल्याएको छ। अटो शोमा उक्त गाडी खरिदमा कम्पनीले सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, आकर्षक छुट र उत्कृष्ट साटफेर मूल्यांकन, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क अटोप्लस बीमा, निःशुल्क एसेसरिज र १ वर्षको सवारी कर रहेका छन्। त्यसैगरी घरमै निःशुल्क चार्जिङ स्टेसन राख्नेदेखि निःशुल्क इम्बोस्ड नम्बर प्लेट राख्ने अफर पनि यसमा समावेश छ। 

यसरी, अफर र नयाँ मोडलहरूको संयोजनले नेपालमा विद्युतीय सवारीसाधन बजारलाई अझ प्रतिस्पर्धी र आकर्षक बनाउने कम्पनीको विश्वास छ। टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका इन्टरनेशनल बिजनेस प्रमुख यश खण्डेलवालका अनुसार टाटाले यसपटक प्रस्तुत गरेको नवीन ईभी पोर्टफोलियोले नेपालमा मोबिलिटीको भविष्यलाई अझ दिगो र आधुनिक बनाउनेछ।

त्यस्तै, सिप्रदी ट्रेडिङका सीईओ राजन बाबु श्रेष्ठले यस प्रदर्शनीलाई नेपालमा विद्युतीय सवारीसाधन क्रान्ति तीव्र बनाउने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गर्दै सम्पूर्ण ग्राहकलाई उपयुक्त मोडल र बजेटअनुसारको विकल्प उपलब्ध हुने बताए।

टाटाले यसै अटो शोमा नयाँ सफारी पनि सार्वजनिक गरेको छ। यसको मूल्य १ करोड २१ लाख ९९ हजारबाट सुरु हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad