कारोबार


पायोनियर मोटो कर्पलाई ‘मार्केट सेयर एचिभमेन्ट अवार्ड’

पायोनियर मोटो कर्पलाई ‘मार्केट सेयर एचिभमेन्ट अवार्ड’

नेपालखबर
साउन १६, २०८२ शुक्रबार १२:३१, काठमाडौँ

निसान गाडीहरूको नेपालका लागि एकमात्र आधिकारिक वितरक पायोनियर मोटो कर्पले नेपालमा सेल्स पर्फमेन्सको लागि बि-एसयूभी आईसीई सेगमेन्टमा “मार्केट सेयर एचिभमेन्ट अवार्ड” प्राप्त गरेको छ।

निसान मोटर इन्डिया द्वारा “डिफाइ अर्डिनरी” आयोजित ‘एनुअल साउथ एसिया डिस्ट्रिब्युटर कन्फरेन्स २०२५’मा यो अवार्ड प्रदान गरिएको हो।

उक्त सम्मान निसानको अफ्रिका, मध्यपूर्व, भारत, युरोप तथा ओसियाना (एएमआइइओ) क्षेत्रका ‘चिफ अफ कमर्सियल अपरेसन्स’ लियन डर्सर्स र निसान मोटर इन्डिया प्रालिका प्रबन्धनिर्देशक सौरभ वत्सले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए। भारतको चेन्नईस्थित महाबलीपुरममा आयोजित उक्त सम्मेलनमा निसानको दक्षिण एसियाका विभिन्न वितरक साझेदारहरूको उपस्थिति रहेको थियो।

पायोनियर मोटो कर्पले नेपाली बजारमा निसान ब्रान्डको उपस्थिति सुदृढ पार्न सक्रीय भूमिका खेल्दै आइरहेको छ भने पछिल्ला वर्षहरूमा उल्लेखनीय सफलताहरू पनि हासिल गर्दै आएको छ । यस ‘मार्केट सेयर एचिभमेन्ट अवार्ड’ले नेपालमा निसानको प्रभावशाली सेल्स पर्फमेन्स र निरन्तर बजार नेतृत्वको निम्ति पायोनियर मोटरकर्पले गरेको योगदानलाई बढावा दिन्छ।

कन्फरेन्समा दक्षिण एसियाको बजारका लागि निसानको आगामी रणनीति पनि प्रस्तुत गरिएको थियो, जसअन्तर्गत भारतमा उत्पादन हुने तीन नयाँ मोडलका गाडीहरू (१. बी-एमपीभी, २. सी-एसयूभी, ३. सी-एसयूभी-प्लस) आगामी १८ महिनाभित्र सार्वजनिक गरिने योजना पनि समावेश थियो । साथै, क्षेत्रीय बजार विस्तारका लागि अन्य अन्तर्राष्ट्रिय मोडेलहरू समेत प्रस्तुत गरिने घोषणा गरिएको थियो।

यी सबै मोडलहरू निसानको मूल एसयुभि डिएनए र जापानिज क्राफ्ट्समेनसिपको प्रतिबिम्ब हुनेछ। यी मोडलहरू निसानको ‘वन कार, वन वर्ल्ड’ रणनीतिअनुसार सार्वजनिक गरिनेछ जुन २०२४ को अक्टोबरमा नयाँ निसान म्यागनाइटको लन्चसँगै ल्याइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad