नेपाली इभी बजारमा बीवाईडीले एसयूभी सिलायन–७ को औपचारिक रूपमा लन्च गरेको छ।
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले गत वर्ष नै नेपाल भित्र्याएको यो गाडी बिहीबार साँझ विशेष समारोहकाबीच सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो।
गत वर्षको नाडा अटो शोमा पहिलो पटक प्रदर्शन गरिएको बीवाईडी सिलायन–७ अब नेपाली उपभोक्ताका लागि उपलब्ध बनेको छ।
अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च सुरक्षासहित यो इभीले प्रतिस्पर्धी बजारमा बलियो उपस्थिति जनाउने अनुमान गरिएको छ।
आकर्षक डिजाइन र बनावट
सिलायन–७ को डिजाइन आधुनिक र फ्यूचरिस्टिक शैलीमा गरिएको छ। क्लोज्ड अफ ग्रिल, एग्रेसिभ कट र क्रिज लाइनसहितको फ्रन्ट बम्पर, १९ इन्चको ड्युअल टोन अलोय ह्विल र २० इन्चको विकल्प, फ्लश टाइप डोर ह्यान्डल र ब्ल्याक रग्ड क्लेडिङले गाडीलाई प्रिमियम लुक दिएको छ।
रियर भागमा कनेक्टेड एलईडी टेललाइट र पिक्सल डिजाइन एलिमेन्टले थप आकर्षण दिन्छ। ब्ल्याक रियर बम्पर र फग ल्याम्पले डिजाइनलाई थप परिष्कृत बनाएको छ।

विशाल स्पेस र इनोभेटिभ इन्टेरियर
सिलायन–७ मा ५८ लिटरको फ्रन्ट ट्रंक र ५२० लिटरको बुट स्पेस दिइएको छ, जसलाई पछाडिको सिट फोल्ड गरेर १७८९ लिटरसम्म विस्तार गर्न सकिन्छ।
इन्टेरियरमा १५।६ इन्चको रोटेटेबल टचस्क्रिन, १०।२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, १२ स्पिकरको साउन्ड सिस्टम, प्यानोरामिक सनरुफ, हेड–अप डिस्प्ले लगायतका अत्याधुनिक फिचर छन्।
यसबाहेक, हिटिङ र भेन्टिलेसनसहितको सिट, ५० वाट वायरलेस चार्जर, पावर्ड टेलगेट र कनेक्टेड कार टेकले प्रिमियम अनुभव प्रदान गर्छ।
सुरक्षा र स्मार्ट सिस्टम
बीवाईडी सिलायन–७ मा ११ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, र फ्रन्ट तथा रियर पार्किङ सेन्सर जस्ता उच्चस्तरीय सुरक्षा फिचर छन्।
साथै, एडभान्स ड्राइभर असिस्ट्यान्स सिस्टम (एडीएएस) अन्तर्गत रियर कोलिजन वार्निङ, अडाप्टिभ क्रुज कन्ट्रोल लगायतका स्मार्ट सुरक्षा फिचर पनि उपलब्ध छन्।

शक्तिशाली परफर्मेन्स र दमदार रेन्ज
सिलायन–७ दुई फरक भेरिएन्ट प्रिमियम र परफर्मेन्समा उपलब्ध छ । प्रिमियम रियर ह्विल ड्राइभ भेरिएन्टले ३१३ एचपी पावर र ३८० एनएम टर्क प्रदान गर्छ र ०–१०० किमी प्रतिघण्टा गति समात्न ६.७ सेकेन्ड समय लिन्छ।
परफर्मेन्स अल ह्विल ड्राइभ भेरिएन्टले ५३० एचपी पावर र ६९० एनएम टर्क उत्पादन गर्छ र ०–१०० किमी प्रतिघण्टा गति लिन ४.५ सेकेन्ड मात्रै लाग्छ।
फुल चार्जमा प्रिमियम भेरिएन्टले ५६७ किमी र परफर्मेन्स भेरिएन्टले ५४२ किमीको दाबी गरिएको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
बीवाईडी सिलायन–७ एसयूभीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर अर्ली बर्ड अफरको रुपमा कम्पनीले हाल यसको मूल्य ७२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।
Shares

प्रतिक्रिया