कारोबार


विद्युतीय कार, जिप र भ्यानको कीर्तिमानी आयात, गत वर्ष कति भित्रियो?

विद्युतीय कार, जिप र भ्यानको कीर्तिमानी आयात, गत वर्ष कति भित्रियो?

नेपालखबर
साउन ६, २०८२ मंगलबार १३:५२, काठमाडौँ

कीर्तिमानी रुपमा गत वर्ष १३ हजार ५ सय ७८ वटा विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएका छन्। 

भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को तथ्यांकअनुसार अघिल्लो वर्षभन्दा १ हजार ४ सय ३१ वटा बढी यो सेग्मेन्टका सवारीसाधन आयात गरिएको हो। 

अघिल्लो वर्ष सोही अवधिमा १२ हजार १ सय ४७ वटा ईभी कार, भ्यान र जिपको नेपालमा कीर्तिमानी आयात गरिएको थियो। 

गत वर्ष नेपालमा ६४ लाख १० हजार रुपैयाँ बराबरको ५० किलोवाटसम्मको ९ वटा अनएसेम्बल्ड विद्युतीय कार, जिप र भ्यान आयात भएका छन्।  

त्यसैगरी ५० किलोवाटसम्मकै ८ अर्ब ३१ करोड १४ लाख ८० हजारको ४ हजार ७ सय ३२ वटा एसेम्बल गरिएका विद्युतीय कार, जिप र भ्यान आयात हुँदा ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय कार, जिप र भ्यान १८ अर्ब ६२ करोड ८ लाख १४ हजार रुपैयाँबराबरको ७ हजार ४ सय ३१ वटा आयात भएको छ। 

यसबाहेक १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको विद्युतीय कार, जिप र भ्यान ४ अर्ब ५३ करोड ४५ लाख ३० हजारको १ हजार ३ सय ६२ वटा आयात भएको छ।

त्यसैगरी २०१ देखि माथि किलोवाट क्षमताको २७ करोड ८४ लाख ८७ हजारबराबरको ४२ वटा आयात हुँदा ३०० किलोवाटभन्दा बढी मोटर पावर क्षमताका दुईवटा ८३ लाख २३ हजारको विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएको छ।

यसबाहेक विद्युतीय तीनपांग्रे १ अर्ब १ करोड ६९ लाख २८ हजारको ९ हजार ७ सय २८ वटा, अनअसेम्बल्ड विद्युतीय तीनपांग्रे ६६ करोड ८९ लाख २० हजारको ६ हजार ७७७ वटा आयात भएको छ। 

विद्युतीय बसतर्फ गत वर्ष १३ करोड ४१ लाख ८० हजार रुपैयाँका १६ वटा, १५ देखि २५ सिटका मिनिबस ४ अर्ब ३४ करोड १० लाख २४ हजारका १ हजार २ सय ६० वटा, ११ देखि १४ सिटका माइक्रो बस ४ अर्ब ९४ करोड ५९ लाख १५ हजार रुपैयाँका १ हजार ८ सय ३० वटा आयात भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad