टाटाको कर्भ ईभी चलाएर भारतको कन्याकुमारी पुगी दुई युवा फेरि काठमाडौं नै फर्किएका छन्। उनीहरुले विद्युतीय गाडीमै ६ हजार ७ सय किमि यात्रा गरेका हुन्।
काठमाडौंबाट जेठ २२ गते कन्याकुमारी यात्रा तय गरेका विजय राम कशजु र आवाशिस ओझा १५ दिनमा काठमाडौं फर्किएका छन्।
लामो दूरीको विद्युतीय सावरीको यातायातलाई प्रवर्द्धन गर्न सिप्रदी ट्रेडिङले गत जेठ २२ गते विदा गरेको थियो। काठमाडौँबाट कन्याकुमारीको यात्रामा निस्किएका दुवै जनाले विद्युतीय कार टाटा कर्भमा यात्रा पूरा गरेको बताए।
थापाथली टाटा कार सोरुममा उनीहरूका लागि स्वागत कार्यक्रममा कर्भ इभीले सडकको अवस्था अनुसार ५०० किमिसम्म रेन्ज देखाएको जानकारी दिए। उनीहरुले साढे २ सयदेखि ३०० किमि पूरा गर्नेबित्तिकै चार्ज गरेकाले पूर्ण रेन्ज भने टेस्ट गर्न नपाएको बताए।
कर्भ ईभीको १८६ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ। एसयूभी कुपे डिजाइनमा रहेको कर्भ इभी लेभल–२ एडीएएस, प्यानोरामिक सनरुफ, भी२एल टेक्नोलोजी लगायत उच्चस्तरीय सुरक्षा र सुविधा छन्।
सिप्रदीले ल्याएको गाडीमध्ये यो सबैभन्दा बढी ब्याट्री क्षमताको छ। यसमा ९८ किलोवाट मोटर पावर छ भने ५५ किलोवाट आवरको ब्याट्री छ।
नेपालमा टाटाले नेक्सन ईभी, टियागो ईभी, पञ्च ईभीपछि कर्भ नेपाली बजारमा ल्याएको हो। कर्भ ईभीको टप भेरियन्टको मूल्य ५६ लाख ९९ रूपैयाँ रहेको छ।
स्वागत कार्यक्रमका तस्बिरहरू (विशाल कार्की)





Shares

प्रतिक्रिया